कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित पशुपति अङ्ग्रेजी माध्यमिक बिद्यालयमा स्काउटको क्याम्प फायरिङ साथै दिक्षान्त समारोह सम्पन्न भएको छ । कनकाईको सबैभन्दा पुरानो संस्थागत विद्यालय पशुपति माविमा विविध कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
पशुपति स्काउट दलका १४० जना बिद्यार्थी हरूलाई विश्व स्काउट र नेपाल स्काउटको व्याज बितरण गरि दिक्षित गर्न विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो ।
बिद्यालयमा क्याम्प फायरिङ पुर्व बिद्यार्थीहरु मङ्की कर्लिङ्ग , टच द तार्गेट , टायर टनल , टार्जन जम्प , कर्लिङ्ग , बिम ब्याङ्मिङ्ग , ब्यालेन्सिङ्ग वक जस्ता कृयाकलापमा सहभागी भएका थिए भने साझमा क्याम्प फायरिङसंगै विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए ।
त्यस्तै पशुपति स्काउट दलका १४० जना बिद्यार्थीलाई विश्व स्काउट र नेपाल स्काउटको व्याज बितरण साथै दिक्षित गरीएको छ । बिद्यालयका स्काउट प्रशिक्षक स्काउटर दिपेश उप्रेतीले बिद्यार्थीलाई दिक्षीत गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि नगर प्रमुख तथा नगर स्काउट संरक्षक राजेन्द्रकुमार पोखरेलले देश समुन्नत बन्न त्यहाको नागरिक आर्थिक हिसावले मात्रै नभई , नैतिक , भौतिक , सामाजिक , बौद्धिक रुपमा समुन्नत हुनु पर्नेमा जोड दिदै यति भए मात्र देश समुन्नत हुने बताउनु भयो । तेस्तै एउटा मन्छे पुर्ण हुन अनुशासन , गतिसीलता र निरन्तरता चाहिने र त्यो स्काउटले दिने भएकाले भोलिका दिनमा राष्ट्र संवृद्ध वनाउने माध्यम पनि स्काउट भएको बताउनु भयो ।
कार्यक्रममा कनकाई वडा नं। ३ का वडा अध्यक्ष युवराज चौलागाईं , प्याब्सनका कोशि प्रदेश सचिव कोषराज प्याकुरेल , रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कडेल , कनकाई नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिना , कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष छवि थपलिया लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख आशा शर्मा शिवाकोटी , कनकाई शिक्षा शाखाका श्रोत ब्यक्ति मेदनी प्रसाद पाठक , वडा नं। २ का अध्यक्ष बलराम राई ९ प्रताप ० , स्काउटबाट स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ स्काउटर राधा केसी , स्काउटर नगेन्द्र सुवेदी , रोभर विजय राई , बिद्यालय संस्थापिका गोमा देवी उप्रेती , बिद्यालय ब्यवसथापन समितिका अध्यक्ष पुण्यप्रसाद उप्रेती , उद्योग बाणिज्य संघ कोशी प्रदेश उपाध्यक्ष कुमारमणि पोखरेल , सुरुङ्गा जेसिजका अध्यक्ष दुर्गा पाठक राजु , लायन्स क्लब अफ कनकाई सुरुङ्गाका अध्यक्ष संजय गजुरेल , कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली साथै कनकाईका क्रियासिल संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु , प्याब्सनमा आवद्ध जिल्ला तथा नगरका प्रमुख तथा प्रतिनिधिहरु , कनकाईका निजि विद्यालयका प्रिन्सिपलहरु , बिद्यालयका बिद्यार्थी साथै अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
बिद्यालयका प्रिन्सिपल एलपी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई स्वागत साथै धन्यवाद प्रिन्सिपल उप्रेतिलेगर्नु भएको थियोे भने संचालन बिद्यालयका शिक्षक रिसव सिंह चाहरले गर्नुभएको थियोे ।
दुई दिवसिय कार्यक्रम अन्तर्गत क्याम्प फायरिङ सहितको दिक्षान्त समारोह बुधबार बिहान सर्ब धर्म पुजा गर्दै सम्पन्न गरिएको थियो ।