Kanakai Online

काँकडभिट्टा नाकाबाट ३३ आईफोन बरामद


सोमवार, माघ २२, २०८० |

कनकाई अनलाईन
नेपालको पुर्वी नाका झापाको काँकडभिट्टामा एउटा कारसहित ३३ वटा मोबाइल बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले गत शुक्रवार साँझ मेचीनगर नगरपालिका–६ स्थित भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटमा कारभित्र लुकाइछिपाई नेपाल भित्राउन खोजिएको ३३ वटा आइफोन ब्रान्डका मोबाइल बरामद गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च ९०३३ नम्बरको कारलाई विशेष सूचनाको आधारमा भन्सार अगाडि रोकी सशस्त्र प्रहरीले चेकजाँच गरेका थिए । चेकजाँच गर्दा मोबाइल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोबाइल ल्याउनेको नाम खुलेको छैन । तर गाडी चालकलाई भने तारिकमा छाडिएको र उक्त घटना अनुसन्धानकै क्रममा रहेको मेची भन्सार कार्यालयका प्रमुख रामहरि रेग्मीले बताउँनुभयो । सो नाकाबाट मोबाइलको तस्करी गर्ने समूहले पटकै पिच्छे गाडी फेर्दे मोबाइल नेपाल भित्राइरहेको सूचना सशस्त्र प्रहरीले पाएको थियो । बरामद आईफोन र कारलाई हाल मेची भन्सार कार्यालयमा राखि थप अनुसन्धान भइरहेको भन्सार कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर