Kanakai Online

आगामी निर्वाचन कांग्रेसले एक्लै लडने कोईराला


सोमवार, माघ २२, २०८० |

कनकाई अनलाईन
नेपाली कांग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्ने गरी तयारी थाल्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।


समुदायमा कांग्रेस अभियान अन्तर्गत सोमवार झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो निर्देशन दिनुभएको हो ।
महाधिवेशनमा गुटगत राजनीति देखिनु स्वभाविक भएपनि त्यसको तिक्तता आम निर्वाचनमा पोखिदा समस्या उत्पन्न भएको बताउँदै नेता कोइरालाले बैचारिक गुटलाई पार्टी संगठन बलियो बनाउन लगाउनुपर्नेमा जोड दिनुभयो ।
अहिलेको निर्वाचन प्रणाली नै गठबन्धन नगरी सरकार बन्ने अवस्था नरहेको बताउँदै उहाँले आफू निर्वाचनपछिको गठबन्धनका पक्षमा रहेको धारणा राख्नुभयो । नेता कोइरालाले कोशी प्रदेश सरकारको नेतृत्व अन्य दललाई दिनुहुँदैन भन्नेमा आफू स्पष्ट रहेको बताउँदै पार्टीको जो–कोही आएपनि आफ्नो विरोध रहँदैनथ्यो भन्नुभयो ।
राजनीतिमा संकीर्ण मानसिकता राख्नु नहुने बताउँदै उहाँले सबै विचार र आस्थाका ब्यक्तिहरुसँगको निरन्तर भेटघाट र विचार मन्थनपछि नयाँ विचार पस्कन सकिने बताउँनुभयो । उहाँले आफु हिन्दुवादी नागरिक भएपनि राज्यको कुनै धर्म हुनुनहुने बताउँनुभयो । पछिल्लो समय धर्म निरपेक्षताको आडमा ब्यक्तिको आस्था, संस्कार र संस्कृतिमाथि नै प्रहार हुन थालेकोप्रति भने आफु दुखी रहेको कोइरालाले बताउँनुभयो ।
देशमा कृषि उद्योग स्थापना गरेर रोजगारीको सिर्जना अहिलेको आवश्यकता रहेको भन्दै नेता कोइरालाले विपन्नले कृषि अनुदान नपाउने अवस्थाको अन्त्य गर्न माग समेत सरकारसग माग गर्नुभयो । नेतालाई प्रजातन्त्र आएपनि जनतालाई नआएको भन्दै जनतालाई प्रजातन्त्र र सुशासनको प्रत्याभुति दिन सकेपछि मात्रै देशमा प्रजातन्त्र आएको अनुभुति हुने बताउँनुभयो । यसका लागि देशमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने कोइरालाले बताउँनुभयो ।
नेपाली कांग्रेस कोशी प्रदेश सभापति उद्वव थापाले समुदायमा पार्टी स्थापित गरेर एक्लै निर्वाचनमा जानुपर्नेमा बताउँनुभयो ।
नेताको निर्देशन र निगाहमा अवसर पाउने प्रवृत्तिले पार्टीलाई क्षति पुगेको थापाले बताउँनुभयो ।
पार्टी सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेसका नेता कार्याकर्ताहरुले जिज्ञासा राख्नुभएको थियो ।
समुदायमा कांग्रेस अभियानका लागि झापा संयोजक समेत रहनुभएका कोइरालाले दमक नगर समितिको सभाहलमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

सम्बन्धित खबर