Kanakai Online

जिप्रक सेन्ट गोविन जिप्सनको उत्पादन सम्बन्धि का र्यशाला बिर्तामोडमा


बिहिवार, माघ १८, २०८० |

लीलाराज झापाली
विश्व व्यापी कम्पनी सेन्ट गोविन जिप्रकले आफ्ना उत्पादन र यसका नयाँ उत्पादनका वारेमा यहाँस्थित नेपालको कोशी प्रदेशका लागि बिर्तामोडमा वृहत कार्यशालाको आयोजना गरेको छ ।


विश्वका ७४ देशमा आफ्नो उत्पादनलाई विक्री गर्दै आइरहेको यस कम्पनीले आफ्नो गुणस्तरीय उत्पादनका कारण नेपालको सबै जिल्लामा आफ्नो उत््रपादनलाई विक्री गर्दै आइरहेको र कोशी प्रदेशका व्यापारी, तथा ठेके दारहरुलाई लक्षित गरि बिर्तामोडको बिर्ता पार्टी प्यालेसमा एकदिने कार्यशालाको आयोजना गरिएको छ । यसको समन्वय सेन्ट गोविन जिप्रक जिप्सनको आधिकारीक विक्रेता स्वीट्स होम डेकिरेशन बिर्तामोडले गरेको हो ।

जसमा विश्व विख्यात कम्पनी सेन्ट गोविनका उत्पादन र नयाँ आउन लागेका उत्पादनहरु विभिन्न जिप्सन आइ टमहरु, फल्स सिलिङ्ग बोर्ड लगायातका वारेमा कम्पनीका निर्यात मेनेजर जोनले सेन्ट गोविन कम्पनी लामो समयदेखि आफुलाई अपग्रट गर्दै गइरहेको हुदा विश्व परिवेश र नेपालका लागि समेत समयसुवाउदो उत्पादनमा ध्यान दिएको बताउँनुभयो । बातावरण अनुकुलित तथा आगलागि प्रतिरक्षात्मक सेन्ट गोविनको उत्पादनका कारण कम मुल्यमा ग्राहकले आवश्यकीय जिप्सन बोर्ड लगायतका उत्पादन पाउदै आएको बताउँनुभयो ।

साथै कम्पनीेले घर कार्यालय बाहिर समेत लगाउन मिल्ने विभिन्न जिप्सन बोर्डहरुको समेत उत्पादन सुरु गरिसकिएको सो अवशरमा जानकारी गराउँनुभएको थियो । आगलागिबाट बच्न, घामपानी प्रतिरोधी तथा साउण्ड प्रुफ बोर्डहरु समेत बजारमा आइसकेको बताउँदै विश्वमा आईएसओ मान्यता प्राप्त उत्पादनहरु मात्रै नेपालमा विक्री गर्दै आएको भन्दै यसले गुणस्तरीय उत्पादनमा ध्यान दिएको बताउँनुभयो ।
सो अवशरमा जिप्सन कालिगढ हरुलाई समेत आवश्कीय परामर्श र तालिम समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सेन्ट गोविन जिप्रकका नेपाल एरिया मेनेजर राकेश कर्णले कम्पनीले विश्वका ७४ देशमा व्यापार गर्दै आएको बताउँदै नेपालमा समेत गुणस्तरीय सामाग्रीहरुको व्यापार गर्न पाउँदा कम्पनी र नेपाली ग्राहक दुबैलाई फाईदा मिलेको बताउँनुभयो । कम्पनीको रणतिनि समेत नेपालमा अत्याधिक गुणस्तीय सामाग्रीहरु उत्पादन र विक्री गर्नु रहेको भन्दै नेपालमा ग्लासरक एक्स नामक नयाँ उत्पादन समेत सुरु गरिसकिएको बताउँनुभयो । पहिले कम्पनीले सिमेन्ट बोर्डको प्रयोग गरिरहेकोमा थप गुणस्तीय रुपमा बाहिरी वालमा समेत प्रयोगमा ल्याउन सकिने गरि उत्पादन सुरु गरिसकेको जानकारी दिनुभयो । भारतमा मात्रै ६ वटा उद्योगहरु संञ्चालनमा रहेको भन्दै अबको ७ औ प्लान्ट भारतको चेन्नईमा समेत सञ्चालनमा आउने लागेको जानकारी दिनुभयो । हाल चलिरहेको उत्पादन र थप उत्पादन गरिएका सामाग्रीहरुका वारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको नेपालकालागि एरिया मेनेजर कर्णले जानकारी दिनुभयो ।
यता कार्यक्रमको समन्वयकर्ता कम्पनीका कोशी प्रदेशका आधिकारीक स्वीट्स होम डेकेरेशनका सञ्चालक चन्द्रप्रसाद अधिकारीले जिप्सन बोर्डलाई सहि तरिकाले कसरी प्रयोग गर्ने, कसरी यसको सहि सदुपयोग गर्ने भन्ने वारेमा यसका विक्रेता र ठेकेदारहरुलाई कम्पनीका तर्फबाट जानकारी दिन र थप यसका उत्पादनहरुको वारेमा परिचय गराउँन कार्यक्रमको यसरी समय समयमा यस्ता खाले कार्यशाला राखिने बताउँनुभयो । कार्यक्रममा यस क्षेत्रका जिप्सन बोर्ड विक्रेता, मिस्त्री र ठेकेदार गरि १०० जनाको सहभागिता रहेको समेत चन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबर