Kanakai Online

जहाँ समस्या त्यहा लायन्स भन्दै भृकृटीका विद्यार्थीलाई न्यानो लुगा


बुधवार, माघ १७, २०८० |

कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई दुर्गापुरले यहाँस्थित भृकृटी मावि दुर्गापुरका कमजोर आय भएका अभिभावकका ६० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
जाडोको समयमा दैनिक स्कुल जान आउन समस्या भएको जानकारी पाएपछि लायन्स क्लव अफ कनकाई दुर्गापुरले त्यहाँ अध्यान गर्ने ६० विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको लायन्स क्लव अफ कनकाई दुर्गापुरले प्रदान गरेको लायन्स क्लव अफ कनकाई दुर्गापुरका अध्यक्ष दिपक खतिवडाले बताउँनुभयो ।


यसरी लायन्सले पहिलो चोटी आफ्नो स्कुलमा न्यानो लुगा लिएर पुगेको भृकृटी माविका प्रअ चण्डिकाप्रसाद उपाध्यायले बताउँनुभयो । यता विद्यालयमा लायन्सले न्यानो कपडा वितरण गरेपछि स्कुलका विद्यार्थीलाई अहिले न्यानो कपडा अत्यन्त आवश्यक परेको वेलामा सहयोग प्राप्त भएको भन्दै कपडा पाएपछि यसले अध्यानमा मद्धत पुग्ने बताउँनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लवका क्याविनेट डिस्ट्रिक सेक्रेटरी लीलाप्रसाद चिमरियाले लायन्सको प्रमुख उद्धेश्यनै सेवा गर्नु रहेको भन्दै सेवा गर्नका लागि भृकुटी विद्यालयमा आउन पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

सेवा नगर्ने मान्छे लायन्सको सदस्य हुनै नसक्ने भन्दै केहि महिनाभित्रै लायन्सको आयोजनामा यस क्षेत्रमा देखिने गरिको सेवा भाव झल्कने गरिएको काम समेत गर्न लागेको जानकारी दिनुभयो । लायन्सले पुर्वी नेपालमा स्कुलको भवन बनाउने देखि लिएर विविध कार्यहरु गर्दै आइरहेको बताउँनुभयो । नेपालमा हालसम्म ५८ हजार लायन्सकर्मीहरु देशको सेवाभावमा सक्रिय रहेको समेत लीला चिमरियाले जानकारी दिनुभयो । जाडोको वेलामा देशभरका लायन्सकर्मीहरु कमजोर आर्थिक अवस्थाका सबैलाई सहयोग गर्नका लागि आव्हान गरिसकेको समेत लायन्सका डिस्टिक सेक्रेटरी चिमरियाले बताउँनुभयो । कार्यक्रममा लायन्सका एरिया कोर्डिनेटर साजन थापा पत्रकार महासंघ कोशीका सदस्य लीलाराज झापाली लगायातको आतिथ्यता रहको कार्यक्रममा लायन्सका प्रथम उपाध्यक्ष तिलचन रिजालले धन्यावाद ज्ञापन गर्नुभएको थियो ।
लायन्स क्लवले हाल जिल्लाभर विभिन्न विद्यालय तथा गरिबदुखी भएको स्थानमा न्यानो कपडा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खबर