Kanakai Online

लिम्बुवान झापाको अध्यक्षमा राजा


बुधवार, माघ १७, २०८० |

कनकाई अनलाईन
संघिय लिम्बुवान प्रान्तिय मञ्चको झापा जिल्ला समिति पुर्नगठन भएको छ । झापा कनकाई नगरपालिका ७ दुर्गापुर निवासी राजा आङथुपोको अध्यक्षतामा गठित समितिको बरिष्ठ उपाध्यक्षमा अमित खम्बु, उपाध्यक्षहरुमा करण योङहाङ, प्रेम थेबे, विकाश मगर रहनुभएको छ भने सचिवमा तीर्थ पौडेल, कृष्ण सेन्दाङ, विवेक साम्सुहाङ रहनुभएको छ यसैगरि कोषाध्यक्षमा प्रदीप राई लगायात ४१ सदस्यीय समिति गठन भएको छ ।

मंगलवार झापाको बिर्तामोडमा भएको कार्यक्रममा संघीय लिम्बुवान प्रान्तीय मन्चको कार्यालय उदघाटन , जिल्ला समिति पुनर्गठन साथै प्रदेशसभाका लागि सबै निर्वाचन क्षेत्रको इन्चार्ज र सह इन्चार्ज चयन गरिएको छ । कार्यक्रम मञ्चका अध्यक्ष राजा आङ्थुपोको अध्यक्षतामा तथा केन्द्रीय अध्यक्ष कुमार लिङ्देनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लिङ्देनले प्रदेश १ को नाम कोशी खारेज नभए सम्म आन्दोलन निरन्तर जारी रहने भन्दै लिम्बुवान प्रदेश नामाङ्कनको लागि जस्तो सुकै वलिदान दिन तयार रहनु पर्ने बताउँनुभयो ।

यसैगरि कोशी प्रदेशको लागि मतदान गर्ने राई लिम्बू समुदायका प्रदेश सांसदहरुलाई वंशगद्धार गर्ने समेत उहाँले बताउँनुभयो । लिङदेनले एकल जातीय ब्राह्मण बादी सोचका कारण बहुसंख्यक आदिवासी जनजाति शोषणमा परेको भन्दै सबैले यो कुरा बुझी स्थानीय स्तरबाटै आवाज उठाउनु पर्ने बताउँदै कोशी प्रदेश नामाकरण गारिएको दिन फागुन १४ लाई कालो दिनको रुपमा लिदै सो दिन प्रदेशमा आम हड्तालको घोषणा गरिएको बताउँनुभयो ।

सम्बन्धित खबर