Kanakai Online

महिला विद्यार्थीका लागि एक दिने क्यान्सर कार्यक्रम


सोमवार, माघ १५, २०८० |

कनकाई अनलाईन
आदर्श स्कुल अफ म्यानेजमेन्ट ,बिर्तामोड को आयोजना ,सुरुवाती कोठा नेपाल ,झापा ,प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटर को सह आयोजना मा विद्यार्थी का लागि एक दिने महिला हरु का लागि पाठेघर को क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।स्त्रीरोग तथा क्यान्सर रोग बिसेसज्ञ डाक्टर प्रीयका कटुवाल ले विद्यार्थी हरु लाई क्यान्सर बारे को जिज्ञासा् को सहजीकरण गर्नु भएको थियो।

अग्रेजी महिना जनवरी लाई पाठेघर क्यान्सर विरुद्ध को अभियान का रुपमा मनाउने गरिए बमोजिम पाठेघर को क्यान्सर हुनै नदिन का बारे मा सहजीकरण गरिएको थियो ।अतिकम बिकास भएका देश का महिला मा पाठेघर को क्यान्सर ज्यादा देखिन थालेको कारण ले यस्ता कार्यक्रम गर्नु परेको र बालिका तथा किशोरी मा पाठेघर को मुख को क्यान्सर विरुद्ध को खोप को जानकारी समेत दिएको कार्यक्रम मा कलेज का ३०० बढी विद्यार्थी हरु को सहभागीता भएको कार्यक्रम मा विद्यार्थी हरु सेम्भी दाहाल ,समीर धमला ,मुना सेन्चेरी ले पाठेघर को क्यान्सर बारे मा जिज्ञासा राखेका थिए। किरण बस्नेत ले कार्यक्रम ब्यब्स्थापन गरेको कार्यक्रम को संचालन कलेज का अतिरिक्त क्रियाकलाप सम्योजक दीपक दासले गरेका थिए।

सम्बन्धित खबर