Kanakai Online

सुरुङ्गा जेसिजमा भाडभौलो, अध्यक्ष विनै पदस्थापना


आइतवार, माघ १४, २०८० |

कनकाई अनलाईन
शासन विधिको हुनुपर्छ व्याक्तिको होईन, हामी नेतृत्व गछौ जस्ता लोकप्रिय नारा जेसिजको लोकप्रिय रहेको छ ।
अरुलाई विधिको शासन सिकाउने र समाजको नेतृत्व लिने उद्धेश्यका साथमा खोलिएको संस्था भएपनि यहाँस्थित सुरुङ्गा जेसिजमा भने भाडभैलो भएको छ ।


सन २०२४ को अध्यक्ष राजु पाठकले भने सन २०२३ को अध्यक्ष प्रविन तिम्सिना विनै १५ औ पदस्थापना कार्यक्रम सम्पन्न गरेका छन । अध्यक्ष मात्रै नभएर संस्थापक अध्यक्ष लीला चिमरिया समेत कार्यक्रममा उपस्थिति नभएको कार्यक्रममा जेसिजको सन २०२२ की अध्यक्ष सुष्मा न्यौपानेले सन २०२४ का अध्यक्ष राजु पाठकलाई पदहस्तानतरण गर्नुभएको थियो ।
जेसिजमा अध्यक्ष कार्यक्रममा उपस्थित नभई पुर्व अध्यक्षले पद हस्तानतरण गरेमा एक कार्यकायको अध्यक्ष प्रविन तिम्सिनाको इतिहासनै नरहने विधानत व्यावस्था रहेको सुरुङ्गा जेसिजका सस्थापक जनसम्पर्क अधिकारी समेत रहनुभएका सुरुङ्गा जेसिजका पुर्व उपाध्यक्ष लीलाराज झापालीले बताउँनुभयो ।
जेसिजले युवाहरुलाई नेतृत्व प्रदान गर्नुपर्नेमा यसरी एकआपसमा झगडा गर्नु राम्रो संकेत भने नभएको झापालीले बताउँनुभयो ।
एक जेसिजका जिम्मेवार पदाधिकारीले भने सुरुङ्गा जेसिजको च्यान बनाएको सम्बन्धमा बैठकमा विवाद भएपछि अध्यक्ष प्रविन तिम्सिनाले कार्यक्रमनै बहिस्कार गरेर बाहिरिएसगै सुरुङ्गा जेसिजमा विवाद सुरु भएको बताएका छन ।
स्थानीय युवा व्यावसायी लीला चिमरियाको नेतृत्वमा सन २००८ मा सुरुङ्गा जेसिज स्थापना भएको थियो । स्थापनाको सुरुवाती बर्षहरुमा भवन निर्माण गर्ने देखि लिएर सुरुङ्गा गोल्डकप लगायातका खेलहरु समेत सञ्चालन गरेको जेसिजमा पछिल्लो बर्षमा पुराण लगाएर समेत चर्चामा आएको जेसिज अहिले आएर ससाना कुरामा यसरी विवादमा फसेपछि संस्थापक सदस्यहरुले चिन्ता र चासो प्रकट गरेका छन ।
यसैविच जेसिजको सन २०२४ का लागि राजु पाठकको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको बताइएको छ । जसमा कार्यकारी उपाध्यक्षमा विवेक शिवाकोटी र पुष्पराज ढकाल, महासचिवमा रिसवसिंह चहार, उपाध्यक्षमा विमान लामा, डिल्ली रिजाल, कोमल न्यौपाने, सुजता सिटौला, जनसम्पर्क अधिकारीमा सरिता नेपाल लगायात रहनुभएको छ । पदहस्तानतरण कार्यक्रममा प्रमुख अतिथि भने नेपाल जेसिजका कार्यकारी उपाध्यक्ष भीमबहादुर कुँबर रहन्ुभएको बताइएको छ ।

सम्बन्धित खबर