अ ब्दुल स द्धाम अ न्सारी
कनकाई नगर ब्यासन समितिद्धारा आयोजित अन्तर विद्यालय खेलकुद प्रतियोगिताको बिजयी खेलाडीलाई विशेष कार्यक्रमका बिच पुरस्कार प्रदान गरिएको छ ।
विभिन्न विद्यालयहरुमा आयोजित खेलकुद प्रतियोगितामा बिजयी विद्यार्थी खेलाडीहरुलाई विशेष कार्यक्रमका बिच ग्लोबल एडुकेयर विद्यालयमा पुरस्कार प्रदान गरिएको हो ।
प्यासनका केन्द्रिय सदस्य एलपी उप्रेती, कनकाई नगर प्यासनका अध्यक्ष बिनोद सुब्बा, कनकाई नगरपालिकाकी कार्यपालिका सदस्य कृष्ण माया भुजेल, नगर खेलकुद विकास समिति संयोजक जविन तिम्सिना, प्यासन झापाका जिल्ला सहकोषाध्यक्ष हरि फुँयाल, सदस्य सागर ढुङ्गाना, खेलकुद संयोजक गोकुल उप्रेती, व्यासन कनकाईका कोषाध्यक्ष विनोद उप्रेती लगायातले पुरस्कार प्रदान गर्नुभएको थियो ।
कनकाई नगर प्यासन समिति द्धारा आयोजित अन्तर बिद्यालय खेलकुद प्रतियोगिता टेवलटेनिस खेलमा प्रथम मेरिगोल्ड स्कुलकी छात्रा गिना भुजेल, दोस्रो हुने पशुपति अंग्रेजी माविकी सोनु तामाङ्ग तेस्रो हुने अरुणोदय माविकी सपना राजवंशी हुनुभएको छ । दश जोड दुईसम्मको छात्र भलिबलमा झापा मेरिगोल्ड प्रथम, पशुपति अंग्रेजी मावि दोस्रो भएको छ भने छात्रा भलिबलमा पशुपति अंग्रेजी मावि प्रथम र झापा मेरिगोल्ड स्कुल दोस्रो भएको छ । यसैगरि कक्षा १० सम्मको छात्र भलिवलमा दिव्यरत्न प्रथम र विद्योदय विद्यालय दोस्रो भएको छ । यसैगरि छात्रा भलिबलमा प्रथम बेनुबाजा स्कुल र दोस्रो ग्लोबल एडुकेयर स्कुल भएको छ । यसैगरि क्रिकेट तर्फ पशुपति अंग्रेजी मावि प्रथम र झापा मेरिगोल्ड दोस्रो भएको छ । यता फुटबलमा झापा मेरिगोल्ड प्रथम र नवोदय स्कुल कनकाई १ दोस्रो भएको छ ।
विभिन्न १५ खेल विधामा प्रथम र दोस्रो हुने खेलाडीलाई यहाँस्थित ग्लोवल एडुकेयर एकाडेमीमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको छ ।