कनकाई अनलाईन
प्रतिनिधिसभा सदस्य तथा सांसदका पुर्वाधार विकास समितिकी सदस्य निशा डाँगीले देशका विकास निर्माणका कामहरु समयमा नसक्दा सम्बन्धित ठेकेदार कम्पनीलाई सरकारले दण्डित गर्नुको साटोमा समय थप गरिदिएर पुरस्कृत गर्ने गरेको आरोप लगाउँनुभएको छ ।
झापाका विभिन्न आयोजनाहरुको ठेक्का लागेर काम सम्पन्न नभएका आयोजनाहरुको अनुगमनका क्रममा सांसद डाँगीले सुरुङ्गामा पत्रकारहरुसग कुराकानीमा भन्नुभयो । देशका विकास निर्माण तोकिएको समयसिमामा सकिएको खण्डमा चाहि छक्क पर्नुपर्ने अवस्था रहेको बताउँनुभएको छ ।
निति बनाउँदा ठेकेदार कम्पनीलाई सजिलो हुनेगरि कतिपय कमजोर निति बनाइदिएका कारण ठेकेदारले समयमा काम नसक्दापनि उन्मुक्ति पाइरहेको बताउँनुभयो । देशमा समस्याका रुपमा रहेको सार्वजनिक खरिद ऐनलाई समयअनुसार परिमार्जन गर्नुपर्नेमा जोड दिदै सांसद डाँगीेले चाडैनै सांसदमा सार्वजनिक खरिद ऐनको विधेयक ल्याउनुपर्नेमा जोड दिनुभएको छ । सांसदमा सार्वजनिक खरिद ऐनको विधेयक ल्याएर त्यहाँ रहेका सबै खराब पक्षलाई हटाउनु जरुरी रहेको बताउँनुभएको छ ।
यस सार्वजनिक खरिद विधेयक आउनुअघिनै सरकारले एकचरणको अध्यान गरिनुपर्ने बताउँनुभएको छ । सरकारले यसको अध्यान गरेन भनेपनि सांसदको पुर्वाधार विकास समितिमा आएपछि सम्बन्धित निकायसग बसेर सार्वजनिक खरिद ऐनका कमजोर पक्षलाई व्यापक सुधार गर्ने बताउँनुभएको छ । ठेक्का लगाउँदा कम मुल्यको बोलपत्र आव्हानलाई सदर गर्ने परिपार्टीका कारण नेपालको निर्माण गुणस्तरमा सम्झौता गर्नुपरिरहेको बताउँनुभएको छ । ठेक्का सम्झौता दिदा ठेकेदारले आफुले समयसिमामा सक्ने भनिएपनि नसक्ने गरिएको भन्दै समयमा काम नसक्ने कम्पनीको इजाजत खारेज कालो सुचीमा राख्ने लगायातका काम गर्नुपर्नेमा जोड दिनुभयो । ठेकेदार कम्पनीलाई हाल कोरोना कहरको राम्रो बहाना रहेको भन्दै सरकारले क्रस चेक समेत नगरि समय थप गरिदिने गरेको बताउँनुभएको छ ।
यसवारेमा विज्ञहरुसग समेत सहकार्य गरेर नयाँ नितिहरु बनाउँनु आवश्यक रहेको र सो काम आफ्नो समितिले गर्ने समेत बताउँनुभएको छ । देशको अहिलेको ठेक्का प्रणाली र सार्वजनिक खरिद ऐनबाट देशको विकास निर्माणमा अवरोध भइरहेको बताउँदै कुनै कुनै ठेक्काका कामहरु सरकारले समयमा भुक्तानी नगरिदिदा समेत समयमा नसकिएको भएपनि सबै कारण यसैलाई भने दिन नमिल्ने बताउँनुभयो ।
साँसद डाँगीले कनकाई नगरपालिकामा रहेको कनकाई नगर अस्पताल निर्माणमा भइरहेको ढिलासुस्ती, लालपानी चन्द्रडाँगी झोलुङ्गे पुल, वालिविकास फार्म चन्द्रगढी लगायातका विकास निर्माण आयोजनाहरुको अनुगमन गर्नुभएको थियो ।
अनुगमनका क्रममा रास्वपा पार्टीका नेताहरु क्षेत्रिय सभापति सम्भु सुस्केरा ढकाल, नगर सभापति नन्दकुमार चुडाल, नगर सचिव मोहन थापा, जिल्ला नेता गोपाल उप्रेती , कनकाई ३ को वार्डसभापति रमेशचन्द्रबाबु मैनाली लगायातको सहभागिता रहेको थियो । यता कनकाई नगर अस्पतालको वारेमा समेत नगर अस्पतालका अध्यक्ष रविन्द्र लम्सालले सांसद डाँगीलाई जानकारी गराउँनुभएको थियो ।