Kanakai Online

सिंहदेवि माविका विद्यार्थीलाई ५ युवा व्यावसायीको जर्सी सहयोग


सोमवार, माघ ८, २०८० |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ४ स्थित सिंहदेवि माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई यहाँस्थित युवा व्यावसायीहरुले खेलका लागि जर्सी उपलब्ध गराएका छन ।


कनकाई नगरपालिकाले आगामी बुधवारदेखि राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको आयोजना गर्दै छ । उक्त प्रतियोगितामा सिंहदेवि माविका विद्यार्थीहरुलाई विभिन्न विधागत खेलमा विद्यार्थीलाई खेलमा पठाउनुपर्ने भएपनि खेलाडीको एक्कैरङ्गको जर्सी नहुदा खेलाडीलाई स्कुल पोशाकमा वा भिन्न भिन्दै पोशाकमा पठाउनुपर्ने अवस्था रहेको विद्यालयका सहायाक प्रअ विरेन्द्र ओलीले बताउँनुभयो ।

यहि समस्या राखेपछि यस क्षेत्रका युवा व्यावसायीहरु गैडे निर्माण सेवाका पुष्प ढकाल, स्मार्ट कर्निक्स कनकाई ४ का प्रोपाईटर चन्द्र अधिकारी, इभान्सी निर्माण सेवाका प्रोपाईटर रमेश खरेल, रुद्रमुखी निर्माण सेवाका कुसुमलाल गिरी र स्थानीय सुरेश उप्रेतीले खेलमा सहभागि २५ जना विद्याथीैहरुलाई खेलका लागि जर्सी प्रदान गर्नुभएको हो । आज विशेष कार्यक्रममा विच उक्त जर्सीहरु विद्यालयलाई हस्तानतरण गरिएको छ । जर्सी बितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रअ भोलानाथ ढुङ्गेल र विद्यालयका पिटिए अध्यक्ष दधिराम न्यौपानेले विद्यालयमा आवश्यकीय खेल पोशाक नहुदा विद्यार्थीलाई खेलमा पठाउँदा भिन्न भिन्न पोशाकमा पठाउनुपर्ने बाध्यता भएको भन्दै पोशाक पाएसगै विद्यार्थीले खेलमा समेत राम्रो नतिजा ल्याउनेमा विद्यालय परिवार ढुक्क भएको बताउँनुभयो ।
कार्यक्रममा पोशाक उपलब्ध गराउन समन्वयकारी भुमिका खेल्नुहुने स्थानीय युवा व्यावसायी शंकर भट्टराई , दाता परिवारको तर्फबाट पुष्प ढकाल लगायातको सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकार महासंघ कोशीका सदस्य लीलाराज झापाली, विद्यालयका पुर्व प्रअ डम्बर फुयाँल लगायातको आतिथ्यता रहेको थियो । भने कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष वालकृष्ण ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर