कनकाई अनलाईन
नेपाल पब्लिक क्याम्पस संघ कोशीको पाचौ अधिवेशन यहाँस्थित कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको सभाहलमा सम्पन्न भएको छ ।
कोशी प्रदेशका ९३ सामुदायिक क्याम्पसहरुको सहभागितामा आयोजित अधिवेशनलाई उद्घाटज गर्नुहुदै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राः डाः देवराज अधिकारीले अबका दिनहरुमा क्याम्पसहरुले गुणस्तर कायममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । देशमा रोजगारी र शिक्षा प्राप्तिाका नाममा डरलाग्दो तथ्याङ्क बाहिर गइरहेको तथ्याङ्क प्रस्तुत गर्नुहुदै अधिकारीले देशमा सबैभन्दा ठुलो उच्च शिक्षामा योगदान गरिरहेको पब्लिक क्याम्पसहरुनै भएकोले विश्वविद्यालय अनुदान आयोगले यी क्याम्पसहरुको स्तरवृद्धि र क्याम्पसमा अध्यापन गराउने प्राध्यापक, कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि सक्दो सहयोग गर्न आफुहरु तयार रहेको समेत बताउँनुभयो । पब्लिक क्याम्पसहरुको बर्तमान अवस्थामा दिगो विकासका लागि तिनै तहको सरकारले समेत योगदान गर्नुपर्नेमा प्राडा अधिकारीको जोड थियो ।
कार्यक्रममा झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बुले देशमा अब केहि हुदैन हुनेवाला छैन भन्ने भाष्यले काम गरिरहेको भन्दै यसलाई हटाउनका लागि सबै नागरिक समाज र शिक्षासेवी बुद्धिजिविहरु एक हुनुपर्नेमा जोड दिनुभएको छ । छिमेकी मुलुक भारत संसारको ५ औ सम्पन्न मुलुक र चिन विश्वको पहिलो सम्पन्न मुलुक बन्ने लाइनमा रहेको भन्दै यसलाई हामीले पक्रन सक्नुपर्नेमा जोडदिनुभएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य राधाकृष्ण खनाल, एकराज कार्की, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल,परिक्षा नियन्त्रक कार्यालयका क्षेत्रिय कार्यालय विराटनगरका डिल्लीराम प्रसाई, सामाजिक विकास मन्त्रालय कोशीका सचिव फणिन्द्र खत्री, नेपाल पब्लिक क्याम्पसका केन्द्रिय समिति अध्यक्ष शत्रुधन गुप्ता लगायातले मन्तव्य राख्नुभएको थियो । सोही कार्यक्रमका विच पब्लिक क्याम्पस कर्मचारी संघ कोशीका तर्फबाट आफ्ना विभिन्न मागहरुसहितको ज्ञापन पत्र समेत तदर्थ समितिका अध्यक्ष पदमप्रसाद घिमिरे र सचिव लोकप्रसाद भट्टराई लगायातले प्रदान गर्नुभएको छ ।
जसमा पब्लिक क्याम्पसका कर्मचारीहरुलाई समेत प्राध्यापकहरुको क्षेणीमा समावेश गरिनुपर्ने लगायातका रहेका छन ।
पब्लिक क्याम्पस कोशीका अध्यक्ष टिकाराम गुरुङ्गको सभापतित्व तथा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख तथा पब्लिक क्याम्पस संघका केन्द्रिय सदस्य समेत रहनुभएका विकास उप्रेतीको सञ्चालनमा आयोजना भएको उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न ९३ पब्लिक क्याम्पसका क्याम्पस प्रमुख तथा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
सोही सम्मेलनबाट टिकाराम गुरुङ्गको अध्यक्षतामा १५ सदस्यीय नेपाल पब्लिक क्याम्पस संघ कोशी समेत गठन गरिएको छ । जसमा उपाध्यक्षहरुमा माननीय एकराज कार्की, विकास केसी, अर्जुनराज अधिकारी सचिवमा उद्धवकुमार शर्मा, सहसचिवमा सुमनकुमार नेपाल कोषाध्यक्षमा मेघप्रसाद चम्लगाई र सदस्यहरुमा प्रकाश दाहाल, टिकादेवि भट्टराई, उमानाथ अधिकारी, प्रदिप फुयाल, मिनकुमार घिमिरे, दीपक पोखरेल, मुकेश थापा, खेमराज निरौला र पदेन सदस्यमा निर्वतमान अध्यक्ष रमेश रोका रहनुभएको छ ।