कनकाई अनलाईन
जहाँ समस्या त्यहाँ लायन्स भन्ने मुल नारा लगाउँदै झापाको कनकाई नगरपालिकाका विभिन्न सुकुम्बासी बस्तीमा ओढ्ने कपडा बितरण कार्यलाई तीव्रता दिएको छ ।
जाडोको समयमा विभिन्न विद्यालयमा जाडोको कपडा प्रदान गर्दै आएको लायन्स टोली आज विहानै कनकाई नगरपालिका ३ स्थित सुकुम्बासी टोलमा पुगेको थियो ।
लायन्स क्लव अफ कनकाईका अध्यक्ष सन्जय गजुरेलको नेतृत्वमा गएको उक्त टोलीले त्यहाँ जाडोमा छटपटाईरहेका २५ घरपरिवारलाई ओढ्ने न्यानो कपडा प्रदान गरेको हो । हामीहरुले कनकाई नगरपालिकामात्रै नभएर छिमेकी अन्य पालिकाहरुलाई समेत लक्षित गरेर जाडोको कपडा बितरण गरिरहेका छौ । यस कार्यलाई माघ महिनाभर जारी राख्नेछौ । लायन्स क्लवका अध्यक्ष सन्जयले भन्नुभयो ।
न्यानो कपडा प्रदान गर्दै लायन्सका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाले कमजोर आर्थिक अवस्था भएका र जनमन गरि खादै आएका अपांङ्ग असक्त परिवारलाई विगतका बर्षहरुमाझै न्यानो कपडा बितरणको कार्यक्रमलाई जारी राखेको बताउँनुभयो । हामीले हरेक बर्ष केहि सय परिवारलाई न्यानो कपडा र विद्याथीैहरुका लागि समेत कपडा लगायातका सामाग्रीहरु प्रदान गर्दै आएका छौ यो हाम्रोलागि बार्षिक क्यालेन्डर समेत हो चिमरियाले भन्नुभयो ।
लायन्सका सचिव पंकज खड्काले सञ्चालन गरेको कार्यक्रममा लायन्स क्लवका सल्लाहकार बिजय गजुरेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सदस्य लीलाराज झापाली, लायन्सका पुर्व अध्यक्ष सुरेन्द्र प्रधान , मनोज बस्नेत, गंगाराम दाहाल लायन्सका कोषाध्यक्ष राजकिशोर लियो क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रमण चौधरी, लायन्सका उपाध्यक्ष कुमार दाहाल लगायातको सहभागिता रहेको थियो । सधाका बर्षहरुकाझै यसबर्ष पनि लायन्स क्लव अफ कनकाई सुरुङ्गाले विभिन्न कनकाईका वार्डहरुमा जाडोको मौससमा न्यानो ओढ्ने कपडा ब्याङ्केट बितरणलाई जारी राख्ने लायन्स क्लवका कननकाई सुरुङ्गाका अध्यक्ष सन्जय गजुरेलले बताउँनुभएको छ । यता जनमन गरेर परिवारको पालना गर्दै आएका यस गाउँका स्थानीयलाई लायन्सले न्यानो कपडा बितरण गरेर गरिब परिवारलाई समेत न्यानोमा बस्ने वातावरण मिलाईदिएको भन्दै स्थानीयवाशी लीला कार्कीले लायन्सलाई धन्यावाद दिनुभयो ।