Kanakai Online

माईधारमा सवारी दुर्घटनामा परि फेरी एकको मृत्यु


शनिवार, पौष २८, २०८० |

कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिका १० माईधारमा भएका सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

झापाको शिवसताक्षी १० माइधारमा शनिवार साँझ ६ बजे कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको र थप ५ जना घाईते बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १० प ७२१२ न. को मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा १४ च ६६०३ नं को कार एकापसमा जुधेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परि नाम, थर र वतन नखुलेका मोटरसाइकल चालकको बिर्तासिटी हस्पिटल बिर्तामोडमा उपचारका क्रममा शनिवार साँझनै मृत्यु भएको छ । त्यस्तै मोटरसाइकलको पछाडि सवार एकजना र कारमा सवार चार जना घाइते भएका छन् । उनीहरुको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । घटनाका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
फोटो ः दुर्घटनामा परेको मोटरसाईकल

सम्बन्धित खबर