Kanakai Online

जाडोले बिचल्नी बनाएकी महिलालाई समाजसेवी मैनालीद्धारा कपडा


बिहिवार, पौष २६, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ४ इलुवारीस्थित कोटीहोमको एक चौतारीमा बिगत लामो समयदेखि वेवारिसे अवस्थामा रहनुभएकी एक महिलालाई युवा समाजसेवी रमेशचन्द्रबाबु मैनालीले आवश्यकीय ओढ्ने ओछ्याउने कपडा र खाद्यान्न सहयोग गर्नुभएको छ ।

आफुलाई पिरती मुर्मु नाम र घर लक्ष्मीपुर झापा बताउँनुहुने उहाँ बिगत १ बर्षदेखि कष्टकर जीवत बिताईरहेको देखेपछि उहाँलाई आवश्यक पर्ने सिरक, ढसना, चप्पल, थाल बोटुका र खानेकुरा लिएर झापा कनकाई नगरपालिका ३ निवासी युवा व्यावसायी रमेशचन्द्र मैनाली पुग्नुभएको हो । श्रीमानले छोराछोरी सानै हुदा छाडेको र अहिले छोराछोरीले समेत साथ छाडेपछि यसरी कोटीहोम परिसरमा आएर बसेको मुर्मुले बताउँनुभयो । कोटीहोममा चार दर्जन जति मठ मन्दिर छन त्यहाँ दैनिक सयौको सङ्ख्यामा पुजा गर्नका लागि देश विदेशबाट भक्तजनहरु आउनुहुन्छ तर साक्षात भगवानलाई भने कसैले चिन्नुभएको रहेनछ मैले उहाँको सहयोग गर्न पाए । मैनालीले भन्नुभयो ।

सम्बन्धित खबर