Kanakai Online

उर्लाबारी ३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध


सोमवार, पौष २३, २०८० |

कनकाई अनलाईन
झापा — मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर(३ ले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको छ । आइतबार बसेको वडा समितिको बैठकले लुडो र क्यारम खेल्न प्रतिबन्ध लगाएको वडाध्यक्ष भीष्म बुढाथोकीले जानकारी दिए ।
वडाध्यक्ष बुढाथोकीले लुडो र क्यारमजस्ता खेलले युवाहरूलाई दुर्व्यसनमा फसाउन सघाउ पुगेको दाबी गर्दै उनले भने,ुकेही समय हेरौँ, के बदलाव आउँछ । वडाध्यक्ष बुढाथोकीले सार्वजनिक स्थानमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गर्ने गरेको गुनासो आएपछि यस्तो कदम चालिएको बताए ।
इकान्तिपुरसँगको कुराकानीमा उनले भने, ुसार्वजनिक स्थल र पसलहरूमा लुडो र क्यारम खेल्नेहरूले हल्ला गरेको गुनासो आयो। त्यसपछि आइतबार बसेको वडा समितिको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो। क्यारम र लुडो खेलाउने पसललाई पहिलो पटकका लागि ५ रुपैयाँ जरिवाना गरिने पनि उनले जानकारी दिए ।

वडा समितिको निर्णयप्रति स्थानीयवासीहरुले सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् । स्थानीय सरोज बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्,ुउर्लाबारी(३ मा लुडो र क्यारम खेल्न प्रतिबन्ध, हाँस्नु कि रुनु ?

सम्बन्धित खबर