Kanakai Online

सहारा साकोसको इलाममा संस्थाको सचेतना र सहयोग जारी


सोमवार, पौष २३, २०८० |

केपी लुईटेल

सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड सेवा केन्द्र इलामले आफनो सेवाकेन्द्र मातहतमा सञ्चालित इलाम नगरपालिका १२ साङ्गरुम्बा मा संस्थाको युवा सदस्यता संस्थागत विभिन्न गतिविधि,सेवासुविधा सम्बन्धि उक्त स्थानमा रहेका सदस्य तथा अन्य अभिभावकहरु माझ अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।


सहारा नेपाल साकोस सेवाकेन्द्र इलाम अन्तर्गत आबद्ध संस्थाका शेयर सदस्य निरानन्द चम्लागाईज्यू को अध्यक्षता एवम् इलाम नगरपालिका वडा नं. १२ का जनप्रतिनिधि वडा सदस्य नेत्र प्रसाद घिमिरेको प्रमुख आतिथ्यता साथै स्थानिय नियमित सदस्य मोहनसिंह लिम्बु,हेम बहादुर लिम्बु लगायतको आतिथ्यतामा सेवाकेन्द्रमा कार्यरत कर्मचारीसम्झना गुरुड्डको सञ्चालन र सेवा केन्द्रमा कार्यरत कर्मचारीहरु क्रमश अनुप रिजाल र सरस्वती कार्किकोे व्यवस्थापनमा इलाम न.पा. १२ रमितेडाडा साङ्गरुम्बामा कार्यक्रम सम्पन्न भएको हो ।


युवाको क्षमता,प्रतिभालाई हामी अभिभावकले नजरअन्दाज गरी साथ नदिएमा लागूपदार्थ दुव्र्यसन,तथा कुलतजस्ता गलत मार्गमा मा लागी भोलीको उज्यालो भविष्य लाई अन्धकार बनाउन तर्फ पे्ररित हुने भएकाले यो समयमा अभिभावकले सहि मार्गदर्शन गराउने कार्यमा प्रदान गर्ने विभिन्न अनुशासन,शिक्षा तथा संस्कारहरु भित्र वित्तिय चेतना लाई पनि प्रमुख आवश्यक ठानी उक्त विषयको ज्ञानप्रति स्वयं पनि जानकार भई आफ्ना सन्तानलाई पनि यो ज्ञान दिएमा वित्तिय अपराध,वित्तिय अभाव जस्ता कुराहरुमा परिचित गराई वित्तिय अनुशासन समेत को विकाश गराउन सकेमा युवाको आफ्नो व्यक्तित्व विकाश,सिर्जनात्मकतामा वृद्धि समेत हुने र एउटा सकारात्मक उच्च मनोबल र आत्मविश्वासका साथ उनीहरु सहि मार्गमा हिड्न प्रेरित हुनसक्छन्, उक्त प्रेरणा लाई सार्थक तुल्याउने अभिप्रायले सहारा नेपाल साकोस ले ल्याएको युवा सदस्यता पहिलो खुड्किलोको रुपमा विकाश हुन सक्ने सम्भावनालाई नजिकबाट नियाल्न अनुरोध गरीएको थियो ।

युवा शब्द लाई उल्टाएर पढने हो भने वायु हुन्छ जुन वातावरणका लागि आवश्यक हुन्छ जसरी वायु प्रदुषण भएमा वातावरण प्रदुषित हुन्छ स्वच्छ भएमा वातावरण पनि स्वच्छ र हामी पनि स्वस्थ हुन सक्छौ भन्ने दृष्टान्तका साथ चेतनाको पुञ्ज,समयको सारथी,इतिहासको निर्माता,युग बदल्ने शक्ति भएको,सभ्यताको निर्माण गर्न सक्ने,चेतनाको दिप प्रज्वलन गर्न सक्ने सिङ्गो पृथ्वीमा युवावर्ग नै हुन, भन्ने भनाइले वास्तवमा सार्थकता प्राप्त गर्नसक्दछ भन्ने कुरामा जोड दिदै संस्थाले प्राप्त गरेका हालसम्मका उपलब्धि एवम् स्तरोन्नतीमा आबद्ध सदस्यहरुको योगदान उच्च रहेको र थप अब्बल बनाएर अझ उचाइमा लैजान सदस्यहरुको साथ र सहयोगको आवश्यकता पर्दछ भनी संस्था दिनानुदिन सदस्यमैत्री बन्दै जानुपर्दछ भन्ने मान्यता राख्दै आउनुभएका संस्थाका कार्यकारी प्रमुख आदरणिय महेन्द्र कुमार गिरीज्यूको परिकल्पनामा संस्थाको आवश्यक दोश्रो पुस्ताको सदस्यको रुपमा “स्वच्छ वातावरण स्वस्थ शरीर ः सक्रिय युवा परिवर्तनकारी मन्दिर”भन्ने सन्देश लाई जोड्दै निर्माण गर्न थालिएका युवा सदस्यता सम्बन्धिका निति,संस्थामा आबद्ध रहि कर्जा लिएर किस्ता तिर्ने क्रममा स्वयं सदस्य वा पतिको निधन भएमा सम्पूर्ण कर्जा मिनाहा गर्ने कार्यक्रम, जिवन वरदान कार्यक्रम,सदस्य प्रसुती भएमा,हातखुट्टा भाचिएमा,घर आगलागि भएमा,सर्पदंश वा कुकुर तथा विषालु जंगली जनावरको टोकाई बाट उपचार गर्नुपरेमा ,घातक रोग लागि उपचार गर्नुपर्दा वा शल्यक्रिया गर्नुपर्दा समेत विभिन्न प्रकृतीका सुविधाहरु उपलब्ध गराउदै आएको विषयमा सेवा केन्द्र प्रमुख के.पी. लूईटेलले प्रकाश पार्नुभएको थियो ।सोहि कार्यक्रममा संस्थामा आबद्ध रहदै कारोवार गर्दे आउने क्रममा गतमा निधन हुभएकि सदस्य स्व. योगमाया कार्कि र गतमा निधन हुनुभएका सोहि समूहकि सदस्य खिममाया लिम्बुको ससुरा को दिवङ्गत आत्माको चिरशान्तिको कामनामा १ मिनेट मौनधारण समेत गर्दै स्व. योगमाया कार्किले संस्था बाट लिएको कर्जा मिनाहा स्वरुप निजले लिएको कर्जा रकम र दशक ३० हजारखर्च वापत ९ हजार गरी ३९ हजार रुपैँया उहाँका पति हेम बहादुर लिम्बु लाइ र ससुराको निधन भएकोमा समूहकि सदस्य खिममाया लिम्बुलाई दशकर्म खर्च वापत ५ हजार रुपैँया प्रदान गरियो । नियमानुसार प्राप्त गर्ने कर्जा सुरक्षणकोष कार्यक्रम अन्तर्गतको रकम को चेक कार्यक्रमका प्रमुख अतिथि इलाम नगरपालिका वडा नं. १२ का जनप्रतिनिधि वडा सदस्य नेत्र प्रसाद घिमिरे तथा सभाध्यक्ष सहारा नेपाल साकोस सेवाकेन्द्र इलाम अन्तर्गत आबद्ध संस्थाका शेयर सदस्य श्री निरानन्द चम्लागाईद्धारा हस्तान्तरण गरिको थियो । हामी रहने पृथ्वी वचाउनका लागि हाल विश्वव्यापी रुपमा ५७ वटा देशका करिब १लाख भन्दा बडि युवा आबद्ध भई धमाधम गठन भईरहेकोे ३ शून्य क्लव तथा क्लवको अवधारणा ल्याउने सन् २००६ का नोबेल शान्ति पुरस्कार विजेता वंगलादेशका प्रोफेसर डाक्टर मोहम्मद युनुशको अवधारणाका बारेमा समेत संक्षिप्त जानकारी गराइएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथिबाट समेत सहारा साकोस संस्थाले गर्ने सहयोग लगायातका दुःखका वेल ागर्ने कार्यक्रम एकदमै सराहनीय रहेको बताउँनुभयो । सहारा साकोस दुखको सारथी संस्था साबित भएको, आफ्नो संस्थागत मुनाफामा मात्र केन्द्रित नभई सामाजिक उत्तरदायित्वक क्षेत्रमा समेत यस संस्थाको योगदानका विषयमा प्रतिवेदनमा उल्लेखित विभिन्न कार्यक्रमहरु अध्ययन गर्दा समेत वास्तवमा विपन्न व्यक्तिको सम्पन्नतामा संस्थाले उपयुक्त भूमिका निर्वाह गर्दे आइरहेको जानकारी भएको,आगामि दिनमा पनि संस्थाको नाम जस्तै विपन्नवर्गको सहारा बन्न सकोस भन्ने कामना साथ शुभेच्छा व्यक्त गर्नुभएको थियो । सहारा नेपाल साकोस ले ल्याएका कार्यक्रमहरु सदस्यमैत्री र प्रभावकारी रहेको हुनाले संस्थामा आफू पनि आबद्ध भई संस्थाको युवा सदस्य बन्ने योग्यता पूरा भएका आफ्ना छोराछोरीहरु लाई समेत आबद्ध गराउन अनुरोध गर्दे कार्यक्रम स्थलको व्यवस्थापन मा विशेष भूमिका निर्वाह गरिदिनुहुने स्थानीय राधा भट्टराई तथा कार्यक्रमको व्यवस्थापन मिलाएर टाढा बाट गाउसम्म आएर अभिमुखिकरण कार्यक्रम सञ्चालनको व्यवस्थापन मिलाउनुहुने सहारा नेपाल साकोस सेवाकेन्द्र इलामको सिङ्गो टिम र सहभागिता जनाउनुहुने स्थानीय अभिभावकज्यूहरु लाई विशेष धन्यवाद प्रकट गर्दे कार्यक्रमका सभाध्यक्ष निरानन्द चम्लागाईले कार्यक्रम समापन भएको जानकारी गराउनुभएको थियो ।

सम्बन्धित खबर