Kanakai Online

सवारी दुर्घटनामा परि स्वतन्त्र नागरिक कार्यसमितिका उप्रेतीको निधन


आइतवार, पौष २२, २०८० |

कनकाई अनलाईन
झापाको बिर्तामोड २ स्थित चारपाने चोकमा शनिवार हिजो साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना गंभीर घाइते हुनुभएको छ ।

शनिवार साँझ ६ बजे इलामबाट पिकनिक गएर फर्कदै गरेको धरान– विराटनगर चल्ने नागरिक यातायातको प्र –०१–००२ख–०१४९ नं को बससंग मे ५ प ७२४८ नम्बरको मोटरसाइकल जुधेको थियो । पश्चिमतर्फ जाँदै गरेको सो बसलाई तीनजना सवार मोटरसाइकलले ओभरटेक गर्न खोज्दा बसको अगाडि भागमा ठोक्किएको थियो । दुर्घटनामा परी कनकाई नगरपालिका ८ का ४४ वर्षीय तोयानाथ उप्रेतीको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उप्रेतीलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

उप्रेतीले चलाएको मोटरसाइकलमा ३ जना सवार रहेका थिए । मोटरसाइकलमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी कन्काई ५ का ५९ वर्षीय रबिरत्न सिटौला र बाह्रदशी ७ का सागर माझी घाइते हुनुभएको छ । माझीको बिर्तासिटी र सिटौलाको बीएण्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले चालकसहित बस नियन्त्रणमा लिएको छ । मृतक उप्रेती कनकाई नगरपालिकामा शेरबहादुर थापाले नेतृत्व गरेको स्वतन्त्र नागरिक कार्यसम्पादन समिति कनकाई नगरपालिका ८ का उपाध्यक्ष समेत रहनुभएको छ ।
फोटो ः मृतक उप्रेती

सम्बन्धित खबर