Kanakai Online

सुरुङ्गा झापा मेरिगोल्डमा ४३ जना स्काउट दिक्षान्त


शनिवार, पौष १४, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ४ झापा मेरिगोल्ड अंग्रेजी बिद्यालयमा ४३ जना विद्यार्थीलाई स्काउट दिक्षान्त भएका छन ।
विविध सास्कृतिक कार्यक्रमको साथमा क्याम्प फायरिङ गर्दै दिक्षान्त समारोह सम्पन्न भएको हो ।

झापा मेरिगोल्ड स्काउट दलका ४३ जना बिद्यार्थी हरूलाई अन्नपूर्ण व्याज बितरण गरि दिक्षित गर्न विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ कार्यक्रमलाई कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेललेले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो ।

दुई दिवसीय कार्यक्रम अन्तर्गत शुक्रबार बिद्यालयमा क्याम्प फायरिङ संगै बिद्यार्थीले मङ्की कर्लिङ्ग , टच द तार्गेट , टायर टनल , टार्जन जम्प , कर्लिङ्ग , बिम ब्याङ्मिङ्ग , ब्यालेन्सिङ्ग वक साथै विभिन्न सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए । विद्यार्थीका ती खेल प्रतिस्पर्धाहरु नगरप्रमुख पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई ३ का वडाध्यक्ष युवराज चम्लागाई लगायातले अवलोकन गर्र्नुभएको थियो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले स्काउट तालिमको कारण विद्यार्थीहरुलाई राष्ट्रप्रेम, आत्मरक्षा र महामारीका वेलामा मद्धत गर्न सक्ने जनशक्ति उत्पादन हुने बताउँदै युवा बिद्यार्थी हरुमा अनुशासन , गतिसीलता , राष्ट्र प्रतिकोमाया कमी हुँदै गहिरहेको अबस्थामा समाज सेवामा समर्पित स्काउटले युवा बिद्यार्थीहरुलाई अनुशासित बनाउने विश्वास व्यक्त गर्नुभयो । आफुले जनप्रतिनिधि भईकन कनकाईमा यस्तो अदभुत कार्यक्रम पहिलोपटक देख्न पाएको भन्दै कार्यक्रमको आयोजक झापा मेरिगोल्डलाई नगरप्रमुख पोखरेलले धन्यावाद समेत दिनुभएको थियो । कनकाई नगरमा आगामी दिनमा नगरपालिकाले अन्य स्कुलहरुमा समेत यस प्रकारका कार्यक्रमहरु गर्नका लागि नगरपालिका हातेमालो गर्न तयार रहेको समेत बताउँनुभएको थियो ।

कनकाई नगर प्याब्सनका अध्यक्ष विनोद सुब्बाले कनकाई नगरमै पहिलो पटक स्काउटको क्याम्प फायरिङ निजी विद्यालय झापा मेरिगोल्डले सम्पन्न गरिरहदा प्याब्सनको समेत गरिमा बढेको वताउदै निजि विद्यालयहरु किताबि किरो मात्रै हुन्छन भन्ने कुरालाई यस कार्यक्रमले गलत साबित गरिदिएको सुब्बाको भनाई थियो ।

त्यस्तै सनिवार विहान सर्व धर्म सभा पछि झापा मेरिगोल्ड स्काउट दलका ४३ जना बिद्यार्थीलाई अन्नपुर्ण ब्याज बितरण साथै दिक्षित गरीएको छ । बिद्यालयका स्काउट प्रशिक्षक स्काउटर नगेन्द्र सुवेदीले बिद्यार्थीलाई दिक्षीत गर्नुभएको थियो ।

कार्यक्रममा कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख आशा शर्मा शिवाकोटी , वडा नं. ३ का अध्यक्ष युवराज चौलागाईं , वडा नं. ५ को वडा सदस्य इन्दिरा अधिकारी , स्काउटबाट स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठ स्काउटर केदार खनाल , दिगम पराजुली , भक्ती प्रसाद काफ्ले , दिपेस उप्रेती रोभर विजय राई कनकाईका निजि विद्यालयका प्रिन्सिपलहरु विमान लामा , अरुण राजवंशी , अखिल कोईराला , गोपाल संग्रौला , विनोद उप्रेती , रोषन केसी झापा मेरीगोल्ड बिद्यालय व्यवस्थापन समिति अध्यक्ष निल कृष्ण उप्रेती , बिद्यालय संचालक समिति अध्यक्ष वेनु उप्रेती , संचालन समिति सदस्य टिकाराम अधिकारी , विभिन्न बिद्यालयका बिद्यार्थी साथै अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

बिद्यालयका संस्थापक तथा प्रिन्सिपल गोकुल उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई स्वागत बिद्यालय संचालक समिति अध्यक्ष वेनु उप्रेतीले गर्नु भएको थियोे भने संचालन बिद्यालयका स्काउट प्रशिक्षक स्काउटर नगेन्द्र सुवेदीले गर्नुभएको थियोे ।

सम्बन्धित खबर