Kanakai Online

शिवसताक्षीमा हात्तीको आक्रमणमा परि एकको मृत्यु


शुक्रवार, पौष १३, २०८० |

कनकाई अनलाईन
झापामा मानव जंगली हात्तीको द्धन्द्ध बढेर गएको छ । जंगली हात्तीको आक्रमणमा परि घरमै सुतिरहेका झापा शिवसताक्षी नगरपालिका ११ श्रृजना टोलका ४६ बर्षिय मेघराज राईको आज राती ज्यान गएको छ ।
घरमै सुतिरहेको वेला बिहिवार राती १ बजेको समयमा राईको घरको टाटी भत्काएर हात्तीले अन्न लिएर जानेक्रममा राईलाई समेत आक्रमण गरि घटनास्थलमै हात्तीको आक्रमणमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तीले धमाधम घर भत्काउन थालेपछि परिवारका अन्य सदस्यको उद्धार गर्नेक्रममा घरमुलि राईको हात्तीसग जम्काभेट हुँदा हात्तीले कुल्चिएर राईको मृत्यु भएको हो । हात्तीेले राईको घरमा भएको अन्न खानुको साथै राईको घरको समेत बेरा भत्काइदिएको छ । हात्तीको आक्रमणमा परि मृत्यु भएका राईको हाल शवलाई पोस्ट म्याटमका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर