Kanakai Online

कनकाईका उद्यमी व्यावसायीहरुलाई एकदिवशीय ध्यानयोग


शनिवार, पौष ७, २०८० |

कनकाई अनलाईन
अशान्त अनिन्द्रा, भय मनोविकार तनाव बाट मुत्त बनौ आत्म जागरणको ढोका खोलौ भन्ने नाराका साथ कनकाई नगरपालिका सुरुङ्गा क्षेत्रका उद्यमी व्यावसायीहरुका लागि एक दिवशीय ध्यान साधना रुपान्तरण कार्यक्रम सुरुङ्गास्थित लायन्स क्लवको भवनमा सम्पन्न भएको छ ।


कनकाई उद्योग वाणिज्य संघ र लायन्स क्लव अफ कनकाई झापाको आयोजना तथा ओशो मधुपन ध्यानयोग आश्रम द्धारा संञ्चालित उक्त ध्यान शिविरमा स्वामी आनन्द अर्हतले मानिसलाई कसरी ध्यान र साधनाका माध्यमबाट तनावबाट छुटकारा दिन सकिन्छ भन्नेवारेमा प्रशिक्षण दिनुभएको थियो ।

स्वामी अर्हतले मानिसले स्वास्थ रहनका लागि तनाव व्यावस्थापनको साथमा खानपान, निन्द्रा, प्रेसर नियन्त्रण, ध्यान, वातावरण र शारिरिक ब्यायमलाई निरन्तता दिनु आवश्यक रहेको बताउँनुभयो ।
साथै आगामी दिनमा नेपाललाई समेत ध्यान दिवशको घोषणा र ध्यानलाई विद्यालयस्तरबाटै देशव्यापी बनाउने अभियानमा आफुहरु रहेको स्वामीले बताउँनुभयो । मधुवन ध्यानयोग आश्रम माइधारका प्रमुख गणेश वरालको सञ्चालन तथा कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी बिमलीको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो । ध्यान शिविरमा कनकाई नगरपालिका क्षेत्रका उद्यमी व्यावसायी तथा संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस साताभरीनै ध्यानका शिविरहरु झापा जिल्लाभर सञ्चालनमा आउने ध्यान शिविरका आयोजक गोपाल प्रसाईले बताउँनुभयो ।

सम्बन्धित खबर