Kanakai Online

सुरुङ्गाको प्यारागन एकाडेमीले जिल्लाको सबै उपाधि जितेपछि


शुक्रवार, पौष ६, २०८० |

अब्दुल सद्धाम अन्सारी
जिल्ला प्यासन झापाको आयोजनामा दमकमा भएको जिल्ला स्तरीय नृत्य प्रतियोगिताको सबै विधाको उपाधि कनकाई नगरपालिकास्थित प्यारागन एकाडेमीले जितेको छ ।


हालै सम्पन्न प्रतियोगितामा आधुनिक नृत्य, राष्ट्रिय नृत्य र सास्कृतिक नृत्य तर्फका सबै प्रथम पुरस्कारको उपाधि सुरुङ्गास्थित प्यारागन एकाडेमीले हात पारेको हो । यस उपाधिलाई प्यारागन एकाडेमीले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको छ । कनकाई नगर प्यासनका अध्यक्ष बिनोद सुब्बाले प्यारागन एकाडेमीको यो उपाधि जिल्लाकै दुलर्भ उपलब्धी भएको भन्दै कनकाई नगरपालिकाकै गरिमा यसले बढाएको बताउँनुभयो । सुब्बाले कनकाई नगरपालिका र शिक्षा साखाबाट समेत यस उपलब्धीलाई संस्थागत गरिने समेत बताउँनुभयो ।


यस उपलब्धीले आफ्नो विद्यालय संञ्चालन गर्दा राखेको लक्ष्य प्राप्तिको दिशामा अगाडि बढेको भन्दै विद्यालयले शिक्षाको साथमा अतिरिक्त क्रियाकलापलाई समेत एकसाथ अगाडि वढाउदै लगेको विद्यालयकी संस्थापक अध्यक्ष चम्पा खनाल सुवेदीले बताउँनुभयो । सफलताको श्रेय सबै मेहनती विद्यार्थी शिक्षक कर्मचारी समेत बराबरी भएको भन्दै विद्यालय परिवारले सबैलाई उक्त अवशरमा धन्यावाद समेत ज्ञापन गरिएको थियो । उक्त अवशरमा विद्यालयका सहयाक पिन्सिपल डिल्ली सिटौलाले विद्यालयमा हाल ५७ जना कर्मचारी र ७ सय विद्यार्थी अध्ययानरक्त रहेको भन्दै विद्यालयको हासिल गरेको उपलब्धीका कारण विद्यालयपरिवारलाई थप हौसला मिलेको बताउँनुभयो । कार्यक्रममा विद्यालयका स्कुल संयोजक चेतन भण्डारी, विद्यालयका नृत्य प्रशिक्षक दिवश गिरी लगायातले अवको विद्यालयको यात्रा प्रदेश हुदै राष्ट्रिय उपाधिको रक्षा गर्दै कनकाई नगर र जिल्लाको नाम देशसामु परिचित गराउँनु रहेको बताउँनुभयो । कार्यक्रमको सञ्चालन विद्यालयका पुर्व शिक्षक समेत रहेका पत्रकार तथा प्यारागन एकाडेमीका मिडिया सदस्य रामप्रसाद निरौलालले गर्नुभएको थियो ।

सम्बन्धित खबर