Kanakai Online

आगलागिबाट कुखुराको खोर जलेर नष्ट


शुक्रवार, पौष ६, २०८० |

कनकाई अनलाईन
कनकाई नगरपालिका ५ स्थित तुलसीवारीमा स्थानिय छविलाल आचार्यको कुखुरा फार्ममा विद्युत सर्ट भई आगलागि हुदा खोर र त्यहाँ रहेको १ हजार कुखुरा जलेर नष्ट भएको छ । आचार्यको फार्मलाई लिजमा लिएर स्थानीय महेन्द्र पराजुलीले संञ्चालन गर्दै आउनुभएको थियो ।
बु्धवार राती ९ बजेको समयमा उक्त कुखुरा फार्ममा विद्युत सर्ट हुदा कुखुरा, चारो, र गोठ जलेर नष्ट हुदा करिब २५ लाख बराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ । कुखुराको खोर र त्यहाँ अवस्थित संरचनालाई स्थानीयवाशी, प्रहरी र कमल गाउँपालिका, बिर्तामोड र शिवसताक्षी नगरपालिकाको दमकलको मद्धतले आगो निभाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर