Kanakai Online

विश्व मोटरसाईकलयात्री मिनाक्षी दास सेल्फी डाँडा सुरुङ्गामा


शुक्रवार, पौष ६, २०८० |

कनकाई अनलाईन

विश्वलाई नारीको आत्मविश्वास र पर्यापर्यटनको शन्देश दिदै विश्व मोटरसाईकल यात्रामा निस्किनुभएकी भारत आसामकी ४१ बर्षिय मिनाक्षी दास आज झापाको प्रसिद्ध पर्यटकिय स्थल हेप्पील्याण्ड फनपार्क हुदै नेपाल झापा प्रवेश गर्नुभएको छ ।


झापाको पर्यटकिय स्थल कनकाई नगरपालिकाको हेप्पीलेण्ड फनपार्कमा विशेष कार्यक्रमको आयोजना गर्दै कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले विश्व मोटरसाईकल यात्री दासलाई स्वागत गर्नुभयो । दासले नेपाल सहित विश्वका ६७ देशहरुको यात्रा गर्नेगरि भारतको आसामबाट सुरु गरेको आफ्नो यात्रामा पहिलो विदेशी भुमि वुद्धको जन्मभुमि नेपाल रहेको भन्दै नेपालको पशुपति नाथ, बुद्धजन्मस्थल लुम्बिनी , सगरमाथा लगायातको स्थलको प्रचार गर्ने बताउँनुभयो ।
दासको स्वागतमा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले दासको विश्व मोटरसाईकल यात्राले विश्वका नारीजातिलाई समाजमा साहसिक काम गर्न उत्प्रेरणा मिल्ने र नेपाल जस्ता पर्यटकिय स्थलको विश्वसामु थप प्रचारमा मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विश्व हिन्दु महासंघका अध्यक्ष सुमनकुमार बस्नेत, हेप्पील्याण्ड फनपार्कका दिनेश सेलुवाल लगायातले मोटरसाईकल यात्रीको स्वागत गर्नुभएको थियो । दास नेपालको भ्रमण सकाएर बराईन तर्फ जाने जानकारी दिनुभयो । ११ महिनाभित्र विश्वका ६७ देश भ्रमण सक्ने दासको भनाई रहेको छ

विश्व मोटरसाईकलयात्री मिनाक्षी दासले झापाको हेप्पी ल्याण्ड सेल्फी डाँडा विश्वकै उत्कृष्ट गन्तव्य र पर्यटकिय क्षेत्र भएको बताउँनुभएको । विश्व मोटरसाईलक यात्रामा निस्कनुभएकी ४१ बर्षिय दासले भारत आसामबाट पहिलो गन्तव्य नेपालको झापा कनकाई नगरपालिका २ मा अवस्थित यस स्थानमा भ्रमणपछि बोल्दै वुद्धको जन्मभुमि नेपालबाट आफुले यात्रा सुरु गरेको भन्दै नेपालमा समेत विश्वको उत्कृष्ट गन्तव्य झापा कनकाई सुरुङ्गाको हेप्पील्याण्ड सेल्फीडाँडा रहेको बताउँनुभयो ।

सम्बन्धित खबर