Kanakai Online

सुरुङ्गाकी ५ बर्षिय ब्लड क्यान्सर पिडित बालिका बचाउन अनुप्रस्थ ब्राण्डको साङगितिक प्रस्तुती


आइतवार, मंसिर २४, २०८० |

जनक न्यौपाने
काठमाण्डौको चर्चित अनुप्रस्थ ब्राण्डले शनिवार रातभर साङतिक प्रस्तुती दिएको छ । उसले म्युजिक टु हिल हेल्प कार्यक्रम अन्र्तगत झापा सुरुङ्गाकी सानी ५ बर्षिय ब्लड क्यान्सर पिडित नानी मन्जिला भुजेलको उपचारको सहयोगका लागि उक्त प्रस्तुति दिएको हो । उक्त ब्राण्डका चर्चित गायक निरन शाही लगायातका कलाकारहरुले हिजो रातभर कनकाई माविको खेल मैदानमा उपस्थित करिव २ हजार संगितप्रेमीहरुलाई मनोरञ्जन दिएका थिए । उनीहरुले मनोरञ्जनको साथमा सानी बच्चिको जीवन बचाउन मन खोलेर सहयोग गर्न ब्राण्डका प्रमुख गायक शाहीले अनुरोध गर्दा करिव १ लाख रुपैँया सोही कार्यक्रममा आएर संगितप्रेमीहरुले सहयोग गरेका थिए ।

जसमा हेप्पील्याण्ड फनपार्क सेल्फी डाँडाँका संञ्चालक मनोज शिवाकोटीले २१हजार रुपैँया साङगितिक कार्यक्रममा आएरै सहयोग गर्नुभएको थियो । साङ्गितिक कार्यक्रममा चर्चित ब्राण्ड अनुप्रस्थले आफ्ना चर्चित आधा दर्जन गितको साथमा अरुण थापाको जति माया लाएपनि देखि लिएर केहि लोक धुन समेत बजाएर उपस्थितहरुलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
अनुप्रस्थ फाउण्डेशनको आयोजना तथा स्थानीय उद्योग बाणिज्य संघ, कनकाई मावि, सुरुवाती कोठा नेपाल र ग्लोबल एडुकेयर विद्यालय जहाँ मन्जिला भुजेल अध्यान गर्नुहुन्छ सो विद्यालय समेतको सहआयोजनामा भएको उक्त कार्यक्रममा संकलित रकमलाई मन्जिला भुजेलको उपचारमा सहयोग गरिने कार्यक्रम संयोजक निश्चल खतिवडाले बताउँनुभयो ।
कार्यक्रममा सबै खर्चहरु स्पोन्सर भएको र उक्त अनुप्रस्था ब्राण्ड समेतले निशुल्क प्रस्तुति दिएको सहआयोजक समिति कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले बताउँनुभयो ।
अनुप्रस्था फाउण्डेशनको आयोजनामा हुने सांगितिक कार्यक्रमबाट संकलित रकम खर्च कटाएर रहेको सबै बालिका मञ्जिला भुजेलको सहयोगार्थ प्रदान गरिने सहआयोजक समिति सुरुवाती कोठा नेपालका दिपक दासले बताउँनुभयो । आर्थिक अवस्था नाजुक रहेको भुजेल परिवारलाई बालिकाको उपचारमा सहयोग गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सहआयोजक ग्लोबल एडुकेयर एकाडेमीका पिन्सिपल बिमान लामाले बताउँनुभयो ।
बालिकाको उपचार सम्भव भएता पनि उपचारका लागि ३० लाख भन्दा माथि रकमको आवस्यकता पर्ने लामाले बताउँनुभयो । साङगितिक कार्यक्रमको आयोजना गरि केहि रकम संकलन गरिएको भएतापनि थप सहयोगका लागि देश भित्र तथा बाहिरबाट समेत सहयोग गरिदिनुहुन पिडित परिवारले सबैसमक्ष आग्रह गर्नुभएको छ । जसका लागि मन्जिला भुजेलको नामको एनआइसी एसिया बैँकको खाता तथा क्युआरमा रकम सहयोग गरिदिन समेत सबै समक्ष अनुरोध गरिएको छ । साङगितिक कार्यक्रममा स्थानीय कलाकारहरु राजेश बस्नेत, अर्सरफ खान लगायातका साथै डिजे र अन्य भितेपात्रो ब्राण्ड लगायतबाट साङगितिक प्रस्तुति दिइएको थियो ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको औचित्यमाथि कनकाई उद्योग बाणिज्य संघका अध्यक्ष तुलसी बिमलीले पार्नुभएको थियो ।

सम्बन्धित खबर