कनकाई अनलाईन
सुरुङ्गा । झापा त्यसमा पनि सुरुङ्गा, पछिल्लो समयमा लागुऔषधको हट स्पर्ट बनिरहेको छ । कनकाई नगरपालिकाले समेत जसका कारण कनकाई नगरपालिकालाई सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवनमा पुर्णतय रोक लगाएको छ । तर यसको प्रभाव खासै देखिदैन । यहाँ सञ्चालित सुरुङ्गा जेसिजले भने लागु औषध न्युनिकरणका लागि अक्षयकोषको स्थापना गर्ने उद्धेश्यका साथ श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सुरु गरेको छ ।
यहि २०८० साल मंसिर १० गतेदेखि १७ गतेसम्म जेसिज भवन परिषर सुरुङ्गामा लगाइने उक्त महापुराणको तयारी पुरा भएको पत्रकार सम्मेलनको आयोजना गर्दै पुराण मुल समारोह समितिका संयोजक तथा जेसिजका पुर्व अध्यक्ष एलपी उप्रेतीले बताउँनुभयो । महापुराणबाट खर्च कटाएर ५० लाख रुपैँया अक्षयकोषमा राखिने र त्यसबाट प्राप्त ब्याजबाट कनकाई नगरपालिका तथा झापा जिल्लाभर लागुऔषध दुव्यर्सनको विरुद्ध सचेतना कार्यक्रम र अभियाननै सञ्चालन गरिने सुरुङ्गा जेसिजका बर्ष २०२३ का अध्याक्ष प्रविन तिम्सिनाले बताउँनुभयो । पुराण सम्पन्न गर्न विभिन्न २६ वटा उपसमिति समेत निर्माण गरिसकिएको तिम्सिनाले बताउँनुभयो । महापुराण पंण्डित अर्जुन भट्टराई र उमेश आचार्यबाट कथा वाचन हुने छ । पत्रकार सम्मेलनमा जेसिजका पुर्वअध्यक्षहरु शिव कडेँल, त्रिलोचन उप्रेती, यदुका उप्रेती लगायातले महापुराणको तयारीका वारेमा बोल्नुभएको थियो ।