कनकाई अनलाईन
आगामी मंसिर ९ गते झापा बिर्तामोड स्थित इकोम कलेजमा स्थापना गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण पुर्वराजा ज्ञानेन्द्र शाहले गर्ने हुनुभएको छ ।
झापाको विर्तामोडमा संञ्चालनमा रहेका उक्त कलेजले आफ्नो नवनिर्मित भवनको अगागि स्थापना गरेको पृथ्वीनारायण शाहको सालिकलाई उहाँकै सन्तान समेत रहनुभएका ज्ञानेन्द्र शाहकै बाहुलीबाट उद्घाटन गर्न लागिएको कलेजका संस्थापक आलोक कार्कीले बताउँनुभयो ।
कलेज परिसरमा राखिएको राष्ट्रिय विभूति पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न शाह बिर्तामोड आउने निश्चित भइसकेको र तयारी पुरा भएको समेत पत्रकार सम्मेलनको आयोजना गरि बताइएको छ । झापा मेचीनगरको पाचतारे होटल मेची क्राउनबाट पुर्वराजा ज्ञानेन्द्र सोझै कलेजको कार्यक्रममा सहभागि हुने र सालिक अनावरण गरि २ वटा राष्ट्रिय गीतको नृत्य हेर्ने कार्यक्रम रहेको तर कुनै औपचारिक मन्तव्य भने नरहेको कार्कीले बताउँनुभयो । ८ बर्ष पहिलेबाट होटल मेनेजमेन्ट, कम्युटर साईन्स लगायातका विषयहरु अध्यापन हुदै आएको उक्त कलेजले राष्ट्र निर्माण र एकिकरणमा पृथ्वी नारायणको भुमिका महत्वपुर्ण भएकोले उहाँको इतिहासलाई ताजै राख्नका लागि सालिक निर्माण गर्न लागिएको बताउँदै आफुहरुले स्कुल कलेजका विद्यार्थी र अभिभावकलाई सहभागिताका लागि पत्र काटेको तथा झापाका सबै दललाई कार्यक्रममा निम्तो गरेको कलेजले जनाएको छ । यता राप्रपा झापाले भने झापामा राजा आउने भन्दै सहभागिताका लागि सबैलाई आव्हान गर्दै आएको छ । कलेज प्रशासनले भने राजा आउने कुरालाई राजनितिकरण नगरिदिन आग्रह गरेको छ । कलेजभित्र राजनिति हुदैन कुनै पार्टीको झण्डा हुदैन तर बाहिर के गरिन्छ हामीलाई थाहा भएन कलेजका संस्थापक कार्कीले पत्रकार सम्मेलनमा बताउँनुभयो । कलेजले आफ्नो परिसरमा ५ फुटको पृथ्वीनारायण शाहको पुर्णकदको सालिक बनाएर अनावरण गर्न लागेको हो ।