कनकाई अनलाईन
झापाको कचनकवल–७ बैगुनवारी घर भएका ४१ वर्षीय हरि तामाङले आफैले घाँटीमा खुकुरी प्रहार गरी आत्महत्या गरेका छन् ।
स्थानीय एसबीआई ईटाभट्टामा गाडी चलाउँदै आएका तामाङलाई बिहान ८.३० बजे छिमेकीले मृत फेला पारी प्रहरीलाई खबर गरेका थिए । गएराति अकस्मात खुकुरी र लाईट लिएर बिरालो मार्ने भन्दै उनी घरबाट निस्किएका थिए । उनी घर नफर्किएपछि घरपरिवार र छिमेकीले राति नै खोजी गरेका थिए । उनका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् ।
छिमेकीका अनुसार केही महिनादेखि उनको मानसिक सन्तुलन ठीक थिएन । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो ।