कनकाई अनलाईन
इलामको रोङ गाउँपालिकाको अर्याल चोकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ । अन्य ३७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा करिब १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाका अनुसार धनुषाको धारापानीबाट शैक्षिक भ्रमणगरी कन्यामबाट फर्किनेक्रममा ना ६ ख ८४२४ नम्बरको बस सडकबाट ३०० मिटर तल खस्दा बसमा सवार ३७ जना घाइते भएका हुन् ।
कन्याम घुमेर फर्कँदै गर्दा बस दुर्घटनामा परेको हो । प्रहरीले घाइते ३० बढीको उद्धार गरेको जनाएको छ । दुर्घटनामा परी १७ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुने र घाइतेको पहिचान खुल्न बाँकी छ । घटनास्थलमा प्रहरीले उद्धार गरिरहेको जनाएको छ ।