Kanakai Online

कृति विमोचनन र प्रतिमा अनावरण सहित प्रतिभा सम्मान


शनिवार, मंसिर २, २०८० |

कनकाई अनलाईन
लवप्रसाद बालगृह तथा लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिले शुक्रबार एक समारोहबीच लवप्रसाद प्रतिमा अनावरण तथा लव ओली स्मृति ग्रन्थ लोकार्पण गर्नुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।

लवप्रसाद बालगृह तथा लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिले कनकाई २ स्थित जामुनबारी सामुदायिक वनको सभाहलमा एक कार्यक्रम गरि कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल तथा पुर्व प्रदेश सरकारका मुख्य मन्त्री उद्घव थापा, प्राज्ञ नरनाथ लुईटेल लगायतले जामुनबारी पर्यटकीय क्षेत्रमा स्थापना गरिएको लवप्रसाद ओलीको प्रतिमा अनावरण गर्नुभयो ।

गितकारका साथमा शैक्षिक एवं सामाजिक ब्यक्तित्व स्वर्गीय ओलीको प्रतिमा अनावरण सगै ओली सगका विभिन्न समयको स्मृतिमा लेखेका अनुभवहरुको संगालो स्मृति ग्रन्थको विमोचन गरिएको थियो ।

स्वर्गीय ओलीको प्रतिमा अनावरण तथा स्मृति ग्रन्थ लोकार्पण कार्यक्रमकै अवसरमा लवप्रसाद बालगृह तथा लव ओली स्मृति ग्रन्थ प्रकाशन समितिले शैक्षिक , सामाजिक , साहित्य , कलाकारिता तथा संगीत क्षेत्रमा योगदान दिदै आउनुभएका ७ जना व्यक्तित्वलाई सम्मान समेत गरेको छ ।
समितिले शैक्षिक क्षेत्रमा योगदान दिनुहुने शिक्षासेवी घनेन्द्र शर्मा न्यौपाने , डिल्लीराज नेपाल , साहित्यकार एवं शिक्षासेवी हरिनारायण भट्टराई , गायक तथा संगीत प्रशिक्षक तुलसा तिम्सिना पाठक , विशाल राई , कलाकार मुर्तिकार हिम्मत नेम्वाङ , समाजसेवी गणेश ढुङ्गानालाई सम्मान गरेको हो ।

स्मृति ग्रन्थका सम्पादक डा पुण्य प्रसाद सिग्देलले कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै यस्ता स्मृति ग्रन्थले तत्कालीन अवस्थाको चित्रण गर्ने र पुस्तान्तरण हुदै ईतिहासका सबै स्थितिलाई बोध गराउने बताउनु भयो ।
ग्रन्थको समीक्षा गर्दै प्राध्यापक विष्णुप्रसाद कोईरालाले कुशल प्रसाशक , शिक्षक , कलाकार , समाजसेवी स्वर्गीय लव ओलिको स्मृति ग्रन्थ एक ईतिहास भएको वताउनु भयो ।

सम्बन्धित खबर