कनकाई अनलाईन
कनकाई नगर खेलकुद विकास समितिले भलिबल खेलको छनौट सकाएपछि एकसाथ क्रिकेट र फुटबल खेलको समेत छनौट खेल सुरु गरेको छ । कनकाई माविको खेल मैदानमा क्रिकेट र जामुनवारी सामुदायिक वन समुहको खेल मैदानमा फुटबलकोलागि खेलाडी छनौट कार्यक्रम धमाधम सुरु गरिरहेको कनकाई खेलकुद विकास समितिका संयोजक जबिन तिम्सिनाले बताउँनुयो ।
तिम्सिनाका अनुसार खेलाडी छनौट पछि त्यहाँबाट छनौट भएका खेलाडीहरुले कनकाई नगरपालिकाको प्रतिनिधित्व गर्दै देशका विभिन्न स्थानमा हुने प्रतियोगिता तथा कनकाई नगरभित्रै समेत आयोजना हुने प्रतियोगितामा कनकाई नगरपालिकाको प्रतिनिधित्व गर्दै खेलमा सहभागि हुने छन ।
फुटबल खेलको लागि जामुनवारी सामुदायिक वनको खेल मैदानमा शनिवार र आइतवार गरि २ दिनसम्म छनौट प्रतियोगिताको आयोजना गरिएको छ । यसको संयोजकमा कनकाई नगर खेलकुद विकास समितिका सदस्य समेत रहेका कुमार चाम्लिङ्ग राई रहेका छन । यता कनकाई माविको खेल मैदानमा समेत वार्डस्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । मंसिर १ गते शुक्रवारदेखि सुरु भएको प्रतियोगिता आगामी मंसिर ६ गते फाइनल खेल हुने छ । जसमा कनकाई नगरपालिकाका १,२,३ को २ टिम, ४, ५, ६, ७, ९ र कनकाई जुनियर टिम गरि कुल ११ टिमको सहभागिता रहेको छ ।
दुबै छनौट खेलबाट छनौट भएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने र प्रशिक्षकहरुद्धारा प्रशिक्षण गराईने र खेलको समयमा खेल भक्ता समेतको व्यवस्गथा हुने कनकाई नगर खेलकुद विकास समितिका संयोजक जबिन तिम्सिनाले बताउँनुयो ।