कनकाई अनलाईन
झापामा नक्कली फेसबुक आइडी बनाएर महिलाको गोप्य अंगको फोटो सार्वजनिक गर्दै सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा एक किशोर पक्राउ परेका छन ।
झापा कमल गाउँपालिका–१ निवासी १९ बर्षिय विनोद थापालाई प्रहरीले पक्राउ गरेको हो ।
नक्कली फेसबुक आइडीमार्फत धेरै प्रकारका कानुन विपरीतका क्रियाकलाप पोष्ट गरेको भन्ने उजुरीका आधारमा तीन दिनअघि थापालाई पक्राउ गरी अनुसन्धान थालिर्एको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले बताउँनुभयो । रिजालका अनुसार इलाका प्रहरी कार्यालय झिलझिलेमा साइबर क्राइमसम्बन्धी मुद्दा परेका थापा कमल बाल सञ्जालका अध्यक्ष तथा झापा जिल्ला वाल संञ्जालका सचिव समेत हुन । उनले नक्कली फेसबुक आइडी खोली महिलाहरुसग गोप्य बार्तालाभ गरि फोटो समेत मागेर त्यस फोटो सार्वजनिक गरिदिने भन्दै रकमको वार्गेलिङ्ग गर्ने गरेको आरोप लागेको छ । प्रहरीले यसवारेमा अनुसन्धान जारी राखेको बताएको छ ।