कनकाई अनलाईन
अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनाबारी बजारनजिकै आज शनिवार दिउँसो सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दिउँसो २ बजेको समयमा भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनी ट्रक ( छोटा हात्ती) संग विपरित दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एकापसमा ठक्कर खाँदा स्कुटरमा सवार दुवै जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नवराज न्यौपानेले बताउँनुभयो ।
दुर्घटनामा परी स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ बर्षका याम भट्टराईको घटनास्थलमै मृत्यु भएको हो भने दुर्घटनामा घाइते भएका स्कुटरको पछाडी सवार गाजाबारीकै ३६ बर्षका रोशन लुङ्गेली मगरलाई उपचारका लागि बिर्तामोडको बीएण्डसी अस्पताल पुर्याएकोमा उपचारका क्रममा दिउँसो २.४० बजे मृत्यु भएको प्रहरी निरीक्षक न्यौपानेले बताउँनुभयो ।
छोटा हात्ती गाडीका चालक अर्जुनधारा २ कै २५ वर्षिय हेमबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।