Kanakai Online

कनकाई धाममा सुरु भयो धार्मिक यात्रा प्रथम जगत गुरुको उपस्थितिमा सपथ


बुधवार, कार्तिक १, २०८० |

कनकाई अनलाईन
कनकाईधाम धार्मिक विकास संस्थाको पद तथा सपथ ग्रहण कायक्रम सम्पन्न भएको छ ।


हालै सम्पन्न संस्थाको विशेष कार्यक्रमका विच नेपालका प्रथम जगतगुरु अनन्तश्री विभुषित बालसन्त मोहनशरण देवाचार्य महाराजको उपस्थितिमा निर्वाचन समितिका प्रमुख आयुक्त हरि तिस्सिनाले अध्यक्ष शेरबहादुर थापा, वरिष्ठ उपाध्यक्ष निर्मल खतिवडा सहित सिंगो टिमलाई धार्मिक विधिअनुसार पद तथा सपथग्रहण गराउँनुभयो । यस कार्यसगै धार्मिक स्थलमा धार्मिक व्यक्तित्वको प्रवेश सुरु भएको छ । २०४२ सालमा राष्ट्रगुरु योगी नरहरि नाथद्धारा स्थापना भएको यस धार्मिक भुमिमा पहिलो पटक समितिको नेतृत्व निर्वाचनबाट भएको हो । यसैविच निर्वाचन समितिले पदको सपथ खुवाएको छ ।

जगतगुरुले यसै धाममा स्थापना गरिएको ब्रम्हलिङग, गाईको प्रतिमा र शान्तिकलश स्तम्भको समेत समुदघाटन गरिएृको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य एलपीसाँबा लिम्बु, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, पुर्व प्रदेश सरकारका मन्त्री हिराकुमार थापा लगायाले शुभकामना मन्तव्य राख्नुभएको थियो । भने नवनिर्वाचित अध्यक्ष शेरबहादुर थापाले आगामी दिनमा कनकाई धाममा अक्षयकोषका लागि महापुराण लगाउने भन्दै आफुले समेत अक्षयकोषका लागि १ लाख ११ हजार रुपैँया प्रदान गर्नुभयो । कम्तीमा १ करोड राशिको अक्षयकोषको स्थापना गर्ने उदघोष गर्नुभएको उक्त कार्यक्रममा जगतगुरु मोहनशरणलाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खबर