Kanakai Online

वैदेशिक रोजगारीले उद्यमी बनाएका अधिकारी


बुधवार, कार्तिक १, २०८० |

कनकाई अनलाईन
वैदेशिक रोजगारी त्यसमा पनि खाडी देश गएका धेरै युवाहरुको एउटै सपना हुन्छ सामान्य घर व्यावहार र छोराछोरीको शिक्षा र त्यसमा पनि केहि रकमको जोहो गर्न पाए सामान्य एउटा घर ।


तर यहाँस्थित एक युवाले भने सपना बेग्लै थियो उनी आजभन्दा ठिक १३ बर्ष पहिले रोजगारीका लागि युएईको जिमाको कम्पनीमा सामान्य लेबर भिषामा रोजगारीका लागि गएका थिए । त्यसवेला नेपालीलाई युएई सम्म प्रवेश गर्न पाउनुनै ठुलो कुरा थियो । डेकुरेशन कम्पनीमा मासिक ४ सय दिराममा रोजगारीमा गएका झापा कनकाई नगरपालिका ४ का यी युवा चन्द्र अधिकारीले त्यहाँ ६ बर्ष सम्म दुबईको तातो घाँममा काम गरे ।

अधिकारीले त्यहाँ काम गर्दा ६ बर्षमा मासिक २६ सय दिराम सम्म पुगेको थियो । त्यहाँ आफ्नो कामको प्रभाव देखाउदै गएका अधिकारीले आफुलाई त्यतिमा मात्रै रोकेनन सोही व्यहोराको कम्पनी समेत नेपालमा खोल्ने निश्चित गरी नेपाल फिरे । नेपालमा २०६७ सालमा नेपालमा केहि रकम र आफुनो ज्ञानसीप लिएर आएका अधिकारीले झापाको सुरुङ्गामा केहि बर्ष आफ्ना विदेशमा सगै काम गरेको अनुभवलाई लिएर आफै जिप्सन कम्पनी खोली काम गर्न थाले । विदेशीको काम गर्ने र उद्यमी बन्ने सीपलाई आफुमा मात्रै नराखीकन उनले नेपालमै प्रथम पटक सोही कम्पनीलाई पुर्वमा पहिलोपटक भित्राएका अधिकारीले सुरुमा जिप्सनको काम गर्दागर्दै आफै विदेशबाट मगाइदै आएका जिप्सन सामाग्रीलाई सुरुङ्गामै उत्पादन समेत सुरु गरे । सुरुमा यो उद्योग सुरु गर्छु भन्दा कसैले पनि नपत्याएको बताउँदै अधिकारीले भने घरकै परिवारबाट समेत साथ मिलेको थिएन । जब उनले उद्योगै सुरु गरिसकेपछि भने कहिल्यै पछाडि फर्कनु नपरेको अधिकारीको भनाई छ । केहि सय दिराम कमाउनकै लागि खाडी गएका यी युवा अहिले आफै व्यापारको सिलसिलामा रोजगारीमा गएको मुलुक दुबई, चिन, थाइल्याण्ड, भारत, भुटान लगायतका मुलुकमा गएर आफ्नो व्यापार व्यावसाय गरिरहेका छन । भने स्वदेशी तथा विदेशी ६० जना मजदुरलाई प्रत्यक्ष रोजगारीमा राखेका छन । अधिकारीले बिर्तामोडमा पुर्व क्षेत्रकै ठुलो जिप्सन होलसेल पसल खोल्नुका साथै आफुले उत्पादन गरेका सामाग्रीहरुलाई नेपालका ७७ जिल्लामा पुर्याइसकेका छन । यसरी सामान्य परिवारमा जन्मी हुर्कि दुई छाक खानकै लागि सङघर्षकै दौरानमा दुबई पुगेका झापा कनकाई नगरपालिका ४ का यी युवा चन्द्र अधिकारीले अहिले सयौ परिवारलाई रोजगारीमा राखेर जीवन चल्ने वातावरण मात्रै बनाएरका छैनन पछिल्लो समय निक्कै चल्तिमा आएको जिप्सन प्रविधिको सामाग्री खरिद गरि करोडौको रकम विदेश गइरहेको अवस्थालाई रोकी स्वदेशमै यसको उद्योग सञ्चालन गरेर देशलाई आत्मनिर्भरको बाटोमा हिडाउने प्रयासमा रहेका छन । म जस्ता धेरै युवाहरुले देशलाई विदेशमा सीकेर आएको ज्ञानसीपलाई प्रयोग गरि देश निर्माणमा लगाउन चाहन्छन तर देशले कम्तीमा हामीलाई उचित वातावरण दिनुपर्यो अधिकारीले भने । हामीलाई कम्तीमा सामाग्री ल्याउन लैजानका लागि बाटो र आवश्यकता अनुुसारको बिजुलीको भोल्टेज त सरकारले उपलब्ध गराउन सक्छ नि ? अधिकारीले प्रश्न गर्नुभयो । सरकारले ७ प्रतिशतमा लिएको ऋणको ब्याज १७ प्रतिशत बैँकले पुर्याउदा समेत समन्वय नगरिदिएकोमा भने अधिकारीको चित्त दुखाई रहेको छ ।

सम्बन्धित खबर