कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ तुलसीवारीमा आयोजित प्रथम प्रदेश स्तरीय मिनी गोल्डकपमा आयोजक न्यु रेलिमाई युवा क्लव फाईनलमा प्रवेश गरेको छ । आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक टिमले नेपाल प्रहरीको प्रदेश टिमलाई पराजित गर्दै आफ्नो फाईनलको यात्रा तय गरेको हो ।
आयोजक रेलिमाई कनकाईका लागि एकमात्रै गोल खेलको तेस्रो मिनेटमै प्रतिक कन्दङ्बाले गरे उनको निर्णयाक गोलले आयोजकलाई फाइनलमा पुर्यायो । यो जितसगै आगामी ४ गते हुने फाईनल खेलमा बिहिवार हुने दोस्रो सेमिफाईनल खेल भद्रपुरको काजीमान फुटबल टिम र न्यु स्टार टिम बिर्तामोडबिचको बिजेतासग आयोजकले फाईनल खेल देवकोटा प्राविको चौरीमा खेल्ने छ । आयोजकले कम्तीमा ७५ हजार रुपैँया राशीको पुरस्कार निश्चित गरेको छ । प्रथम भएको खण्डमा नगद १ लाख ११ हजार रुपैँया प्राप्त गर्ने छ । आजको खेलमा म्यान अफ द म्याच बिजयी आयोजक टिमको तर्फबाट मिरक लिम्बु भए उनलाई नगद पुरस्कार स्थानीय मदन पौडयाल र ट्रफि स्थानीय विद्योदय अंग्रेजी विद्यालयका तर्फबाट प्रदान गरिएको थियो । प्रतियोगितामा पहिलो तथा एकमात्र बिजयी गोल गर्ने खेलाडी प्रतिक कन्दङबालाई समेत नगद सहित पुरस्कृत गरिएको थियो । न्यु रेलिमाई क्लवका पुर्व अध्यक्ष रमेश दाहालको सभापतित्वमा भएको कार्यक्रममा कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्ण राई, प्याप्सन कनकाईका अध्यक्ष बिनोद सुब्बा लगायातको आतिथ्यता रहेको थियो ।
स्थानीय न्यु रेलिमाई युवा क्लवको आयोजनामा भएको प्रतियोगितामा झापा सहित प्रदेशका ८ टिमको सहभागिता रहेको छ ।
यहि असोज २५ गते कार्तिक ४ गतेसम्म आयोजना भइरहेको प्रतियोगिताको प्रथम पुरस्कार राशीको प्रायोजन स्थानीय .आयोजक समिति अध्यक्ष मोहन ओझा लगायातको ओझा परिवारबाट आफ्ना पिताको नामबाट र दोस्रो पुरस्कार राशीको प्रायोजन स्थानीय स्वर्गिय पिता विष्णु दाहालको नामबाट रमेश दाहाल लगायातबाट प्रायोजन गरिएको छ ।