
कनकाई अनलाईन
कनकाई नगरपालिकाका मुटु रोगीहरुका लागि एक दिवशीय निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जेष्ठ नागरिक चौतारी नम्बर वार्डमा भएको स्वास्थ्य शिविरमा नोबेल अस्पताल बिराटनगरका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर राजेश नेपाल, डाक्टर प्रविण राजवंशी, डाः बिकास सुर्खेती सहितको टोलीले यस क्षेत्रका २ सय जना मुटुरोगीहरुको निशुल्क चेकजाँच गरेको थियो । जेष्ठ नागरिक संघ कनकाईको आयोजना तथा नेपाल भारत मैत्री संघ कनकाई नगरको सहआयोजनामा भएको उक्त स्वास्थ्य शिविरमा मुटु रोगीहरुका लागि निशुल्क इको, इसिजि लगायातको स्वास्थ्य जाँच समेत गरिएको आयोजक समितिका अध्यक्ष अर्जुनकुमार बोहोराले बताउँनुभयो ।

कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले मुटु रागीहरुको र नगरका अन्य रोगी विरामीहरुको स्वास्थ्य जाँच र हेरचाहका लागि कुनै कसर बाकी नराख्ने बताउँनुभयो । साथै नगरपालिकाले चाडै कम्तीमा १ हजार जना नागरिकको मुटुको स्वास्थ्य जाँचको प्रबन्ध सहितको स्वास्थ्य शिविरको आयोजना गर्ने समेत घोषणा गर्नुभयो । स्वास्थ्य शिविरको सभापतित्व जेष्ठ नागरिक संघ कनकाईका अध्यक्ष सम्भुप्रसाद पोखरेलले गर्नुभएको थियो भने कार्यक्रमको संञ्चालन कृष्णप्रसाद घिमिरेलले गर्नुभएको थियो । कार्यक्रममा कनकाई नगरपालिका १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, नेपाल भारत मैत्री संघ कनकाईका अध्यक्ष अर्जुन बोहोरा, सचिव गोमा कार्की, कनकाई नगरपालिका वार्ड नम्बर १ की वार्डसदस्य निर्मला खडका लगायातको आतिथ्यता रहेको थियो ।



