Kanakai Online

साना किसान कृषि सहकारी शरणामतीको आठौं साधारण सभा सम्पन्न


शुक्रवार, असोज २६, २०८० |

शरणामती-झापा गाउँपालिकामा-६ मा रहेको श्री साना किसान कृषि सहकारी संस्था लिमिटेड शरणामतीको ८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।संस्थाले सुक्रबार झापा-६ शरणामती स्थित जेष्ठ नागरिक भवनको सभाहलमा ८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो।

संस्थाका संचालक समिति अध्यक्ष भुवनसिंह कार्कीको अध्यक्षता र झापा गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वार्षिक साधारण सभामा अध्यक्ष कार्कीले प्रगती विवरण प्रस्तुत गरेका थिए।

संस्थाको २०८० साल असार मसान्त सम्मको वित्तिय स्थिति शेयर पुँजी ८४ लाख ७२ हजार,जगेडा तथा अन्य कोष ९० लाख २६ हजार ७८१, बचत हिसाब २ करोड ११ लाख ६५ हजार १४, ऋण लिएको हिसाब ३ करोड ११ लाख १६ हजार ७५० , दायित्व हिसाब २ लाख २० हजार ५९४,कर दायित्व २९ हजार ८७४ र अनुदान हिसाब ७७ हजार गरेर कुल ७ करोड १ लाख ८ हजार १४ रहेको कार्कीले बताउनुभयो।गत वर्ष संस्थाले २८ लाख ४३ हजार २६५ रुपैयाँ नाफा आर्जन गरेको छ।त्यस्तै संस्थाले चालू आर्थिक वर्षमा ४० लाख नाफा आर्जन गर्ने लक्ष्य लिएको छ।

कार्यक्रममा अध्यक्ष कार्कीले गत आर्थीक वर्षमा संस्थाले गरेका कार्यहरु समेत बताउनु भएको थियो।

कार्यक्रममा लेखा समिति संयोजक नेत्र प्रसाद प्रसाईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।त्यस्तै संस्थाले ४ जना जेष्ठ सदस्यहरु,४ जना उत्कृष्ट ऋणी सदस्यहरु र ६ जना उत्कृष्ट बचतकर्तालाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथी थपलियाले सहकारीले जनतालाई प्रत्यक्ष लाभ दिएको भन्दै सहकारीलाई आवश्यक सहयोग गर्न प्रतिवद्द रहेको बताउनुभयो।

संस्थाकी व्यवस्थापक रेनुका न्यौपानेले सन्चालन गरेको कार्यक्रमको स्वागत संचालक समिति सदस्य डम्बरकुमारी बजगाईले गर्नुभएको थियो।कार्यक्रममा वडाध्यक्षहरु सखिचन्द्र ठाकुर,नविनकिशोर थापा ,साना किसान लघुवित्तिय विकास संस्था विर्तामोडका इच्छाराम पोखरेल,न्यु पाथीभरा सहकारीका अध्यक्ष शंकर पाण्डे,साना किसान कृषि सहकारी महारानी झोडाकि अध्यक्ष मिना ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।