Kanakai Online

देश कठिन मोडमा छ , नेत्रविक्रम चन्द विप्लप


बुधवार, असोज २४, २०८० |

कनकाई अनलाईन
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लपले नेपालमा ठुल्ठुला परिवर्तन र आन्दोलन भएपनि नेपाली जनताले चाहेको सफलता प्राप्त गर्न नसकेको भन्दै बर्तमान अवस्था रहिरहन दिने हो भने नेपाल देशनै रहन्छ कि रहदैन भन्ने असामान्य परिस्थितिमा रहेको बताउँनुभएको छ ।


बुधवार झापाको बिर्तामोडमा समाजवादी मोर्चा नेपालले आयोजना गरेको शन्देशसभामा बोल्दै नेता चन्दले देशमा बेथिति बढिरहेको भन्दै प्राप्त उपलब्धी गुम्ने अवस्थामा रहेको भन्दै यसको रक्षार्थ समाजवादी मोर्चाको गठन गर्नुपरेको जिकिर गर्नुभयो । नेपालमा अहिले राष्ट्रिय स्वाधिनता खतरामा परेको भन्दै यसकुराको सन्देश जनताको घरदैलोमा पुर्याउनु जरुरी बनिसकेको बताउँनुभएको छ ।

नेपालको सयौ बर्षको इतिहासमा सबैभन्दा कठिन मोडमा बर्तमान नेपाल रहेको भन्दै जनताले र यहाँका पार्टीहरुले ध्यान नपुर्याउने हो भने बर्तमान समयमा नेपाल कसैन कसैको उपनिवेश बन्ने खतरा बनेको बताउँनुभएको छ । समाजवादी मोर्चाको औचित्य पुष्टि गर्न आयोजित कार्यक्रममा बोल्दै नेता चन्दले अवका बाकी दिनहरुमा समाजवादी मोर्चा र देशलाई माया गर्ने शक्तिहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।


देशमा २०५२ सालदेखि २०७० सालसम्म माओवादीमय भएको भन्दै यसविचमा पार्टीविच टुटफुट हुदा श्रमजिवि जनताका जनजिविकाका आधारभुत कुराहरु ओझेलमा परेको नेता चन्दको भनाई थियो । घरभित्र समेत केहि बेमोलहरु हुने भन्दै अब मोर्चाको माध्यमबाट पुराना शक्तिहरु एकहुने अवस्थामा आईपुगेको उहाँको भनाई थियो ।


यता कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा पुर्व कृषि मन्त्री चक्रपाणी खनाल बलदेवले देशमा परिवर्तनविरोधी शक्तिलाई परास्त गर्नका लागि समाजवादी मोर्चाको गठन गरिएको बताउँनुभयो । देशलाई समृद्धिको यात्रामा लैजानका लागि विदेशमा युवा पठाएर नहुने भन्दै यसका लािग उन्नत कृषि, पर्याटन र उर्जामा विकास गर्नुपर्नेमा जोडदिनुभयोे ।
यता नेकपा समाजवादीका केन्द्रिय सचिव राजेन्द्र राईले संघियता बिरोधीहरुले संघियताका कारण देशमा खर्च बढेको भन्ने गलत हल्ला फैलाइरहेको भन्दै अनआवश्यक कर्मचारी र फजुल खर्चलाई कटौटी गर्नसक्दा संघियता देशको पक्षमा रहेको बताउँनुभयो । एउटा प्रदेशको मन्त्रीको तलव देशको सहसचिवको जतिपनि छैन र देशमा अनआवश्यक रुपमा कर्मचारी थुपारिएको छ कसरी देशलाई संघियता बोझ भयो नेता राईले भन्नुभयो । अझैपनि संघिय सरकारले प्रहरी, बजेट लगायातमा प्रदेशलाई अधिकार प्रदान नगरेका कारण संघियता बिरोधीहरुले सस्ता नारा लगाउने मौका पाएको राईको भनाई थियो ।
कार्यक्रममा जसपाका प्रदेश संयोजक दिपक याख्या लगायातले बोल्नुभएको थियो । जसपाका जिल्ला संयोजक दिपेनवाला राईले स्वागत गरेको कार्यक्रमको संञ्चालन नेकपा माओवादीका जिल्ला संयोजक अग्नि र सचिव मोहन टुडुले गर्नुभएको थियो ।

सम्बन्धित खबर