Kanakai Online

हमासको आक्रमणमा परि मारिएका नेपालीको सुरुङ्गामा सम्झना


बुधवार, असोज २४, २०८० |

कनकाई अनलाईन
झापाको सुरुङ्गामा केहिदिन पहिले अध्यानको सिलसिलामा इजरायल गएका विद्यार्थीहरुको विद्रोही समुह हमासद्धारा आक्रमणमा परि मृत्युभएका हरुको सम्झना गर्दै यहाँस्थित सुरुङ्गामा विश्व शान्तिको कामना गर्दै श्रद्धाञ्जलीसभा तथा दिप प्रज्वलन गरिएको छ ।
रोटरी क्लव अफ सुरुङ्गाको आयोजनामा भएको श्रद्धाञ्जलीसभामा १० जना बालिकाहरुले विश्व शान्तिको कामना गर्दै दिप प्रज्जलन गरेका थिए ।


वैदिक विधिअनुसार शान्तिको कामना गर्दै इजरायलमा मारिएका १० नेपाली विद्यार्थीहरुको आत्माको शान्तिको कामना गरिएको थियो । कार्यक्रममा बोल्दै शिक्षासेवी अखिलकुमार कोइरालाले अध्ययानको सिलसिलामा त्यहाँ पुगेर मृत्यु भएका नेपालीहरुको पिडामा केहि हदसम्म भएपनि मल्हम लगाउनका लागि कार्यक्रमले सहयोग पुगेको बताउँनुभयो । नेपालीहरु वैदेशिक क्षेत्रमा जानु रहरमात्रै नभएर बाध्यता बनिरहेको भन्दै यसलाई रोक्न पनि सबैपक्ष र खासमा सरकारीपक्ष जिम्मेवार हुनुपर्ने कोइरालाको भनाई थियो । नेपालीहरु शान्तिका प्रतिक भएर पनि आतंककारी हमलामा पर्नुपरेको कोइरालाको भनाई थियो ।
रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष शिव कडेँलले राज्यले समेत शोक दिनका रुपमा मनाइरहेको वेला सुरुङ्गावाशीको तर्फबाट समेत शोकसभाको आयोजना गरेको बताउँनुभयो । मृत्यु भएका सबैको शवलाई र उद्धार गर्नुपर्ने सबै नेपालीलाई चाडो नेपाल ल्याउन समेत नेपाल सरकारलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा यस क्षेत्रका संघ संस्थाका प्रतिनिधि, एवम् पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन लायन्स क्लव अफ सुरुङ्गाकी सचिव विनिता मैनालीले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खबर