Kanakai Online

नगर स्तरीय भलिबलको उपाधि वडा नम्बर ३ लाई


शनिवार, असोज २०, २०८० |

कनकाई अनलाईन
कनकाई नगर खेलकुद विकास समितिको आयोजनामा संञ्चालन भएको प्रथम नगरस्तरीय भलिबल प्रतियोगिताको उपाधि कनकाई ३ नम्बरले हात पारेको छ ।

आज भएको फाईनल खेलमा वडा नम्बर ५ को टिमलाई हराउदै नगद २१ हजार राशी सहितको उपाधि वडानम्बर ३ ले हात पारेको हो । प्रतिस्पर्धात्म बनेको खेलमा बेस्ट अफ फाईभमा ५ नम्बरको चुनौती ३ ले पन्साउदै ३ ले उपाधि हात पारेको हो । खेलको पहिलो सेट ३ नम्बरले २०—२५ ले हात पारेको थियो तर दोस्रो र तेस्रो सेट लगातार ५ नम्बरले २५—१९ र २५—२२ ले जितेर खेलमा फर्किएको थियो ।

तर चौथो सेट पुन ३ नम्बरले १६—२५ मा रोकेपछि खेलको निर्णय बेस्ट अफ ५ मा गएको हो । अन्तिम सेट ३ ले पुन ११—१५ ले जित्दै उपाधि ३ नम्बरले हात पारेको हो । प्रतियोगितामा बिजयी हुने ३ नम्बले नगद २१ हजार रुपैँया प्राप्त गर्दा उपबिजयी हुने ५ नम्बरले नगद १५ हजारमा चित्त बुझायो । बिजयी तथा उपबिजयी हुने टिमलाई कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई नगरपालिका ३ का वडाध्यक्ष युवराज चम्लगाई, ५ नम्बरका वडाअध्यक्ष कृष्णबहादुर राई, ७ का वडाध्यक्ष भीष्मभुषण सिटौला, कनकाई खेलकुद प्रतिष्ठानका संयोजक जविन तिम्सिना, कोशी प्रदेशकी भलिबल प्रशिक्षक हेमा थापा, एमालेका कनकाई नगर अध्यक्ष खडग प्रसाई, कांग्रेसका कनकाई नगर सचिव रेणु कडेँल लगायातले नगद तथा ट्रफि प्रदान गर्नुभयो । प्रतियोगितामा सर्वोकृष्ट खेलाडीका रुपमा कनकाई ३ का खेलाडी अनिस निरौला हुनुभयो । यसैगरि उत्कृष्ट ब्लकर कनकाई ३ का खेलाडी सुजन बस्नेत र उत्कृष्ट स्पाईकर कनकाई ५ का खेलाडी अभिषेक धिमाल घोसित हुदै पुरस्कार प्राप्त गर्नुभयो ।
सोही अवशरमा कनकाई नगरपालिकाभरका खेलाडीहरुको प्रतियोगिता गराई नगरस्तरीय भलिबल टिम समेत तयार गरिएको छ । यस प्रतियोगिताबाट १८ जना खेलाडीहरु छनौट गरिएको र खेलाडीबाट कनकाई नगरको टिम तयार पारिने कनकाई खेलकुद विकास समितिका भलिबल खेल संयोजक तथा जिल्ला भलिबल समितिका उपाध्यक्ष राजु पाठकले बताउँनुभयो ।
प्रतियोगितामा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरको महिला फुटबल खेलले देशमै चर्चा कमाइरहेको बताउँदै अब भलिबल खेलले समेत देशमा चर्चा कमाउने विश्वास व्यक्त गर्नुभयो । नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकाले हरेक खेलकुदका गतिविधिलाई अगाडि बढाइरहेको बताउँदै प्रदेशस्तरीय र राष्ट्रिय खेलकुदमा समेत कनकाईबाट सहभागिता हुने गरेको बताउँनुभयो । राष्ट्रनै संकटमा परेको बेला समेत खेलकुदको बजेटलाई नघटाइएको समेत पोखरेलले बताउँनुभयो ।
स्थानीय ग्लोवल एडुकेयरमा आयोजित प्रतियोगिता सुरु गर्नुपुर्व ग्लोबल एडुकेयर र आदर्श स्कुल अफ मेनेटमेन्टका बिर्तामोडका महिला भलिबल खेलाडीका बिच प्रतियोगिता गराइएको थियो जसमा आदर्श स्कुल अफ मेनेजमेन्टका महिला बिद्यार्थीहरु बिजयी बनेका थिए ।

सम्बन्धित खबर