Kanakai Online

कोटीहोममा नेता मन्त्रीलाई उदघाटनमा रोक लगाउँछौ थापा


शनिवार, असोज २०, २०८० |

कनकाई अनलाईन
गत असोज १५ गतेको निर्वाचनमा बिजयी भएपछि कनकाईधाम धार्मिक विकास संस्था कोटीहोमको निर्वाचनमा अध्यक्ष र महासचिवमा बिजयी भएपछि स्वतन्त्र प्यानलका उम्मेद्धारहरु शेरबहादुर थापा र महासचिवका बिजयी उम्मेद्धार दिनानाथ खतिवडाले आफुहरुलाई मत दिएर बिजयी बनाइदिएको भन्दै कोटीहोम परिसरमा धन्यावाद ज्ञापन कार्यक्रमको आयोजना गरेका छन ।
साझा प्यानलका पराजित र बिजयी सबै प्यानलका उम्मेद्धारलाई समेत कार्यक्रममा बोलाइएको बताइएपनि साझा प्यानलका सदस्य धनपति चापागाईको मात्रै कार्यक्रममा सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै चापागाईले आफ्नो अबको भुमिका दुबै प्यानलका सबै बिजयी उम्मेद्धारलाई जोडनु भएको बताउँनुभयो ।
कार्यक्रममा बोल्दै पत्रकार तीर्थराज खरेलले आफुहरुले दुबै प्यानलको समाचारलाई बराबरी समाचारमा स्थान दिएको बताउँनुभयो । अबको अर्जुन दृष्टि कोटीहवनलाई विश्वसामु चिनाउदै आन्तरिक र बाह्रय पर्यटक भित्राउनु रहेको समेत पत्रकार खरेलको भनाई थियो ।
सहभागि र मतदातालाई धन्यावाद दिदै अध्यक्षका बिजयी उम्मेद्धार शेरबहादुर थापाले समेत आफ् निर्वाचनमा उम्मेद्धारी दिने मन नहुदा नहुदै पनि स्वतन्त्र भएर बाच्न सक्ने अवस्था नभएकोले ८ दलको दम्भलाई चिर्नका लागि उम्मेद्धारी दिएको र गठबन्धनकै कतिपय उम्मेद्धारहरुको मतले आफुले निर्वाचन जितेको भन्दै धन्यावाद दिनुभयो । हामीसग जम्मा १०० मत थियो गठबन्धनसग १०२८ मत थियो कसरी हामीले निर्वाचन जित्न सक्छौ र उहाँहरुले साथ नदिएको भए ? थापाले भन्नुभयो दलका कारण कोटीहोममा बनिसकेका सबै संरचनाहरु समेत उदघाटन हुन नसकेको भन्दै थापाले अब कुनै पनि राजनैतिक नेता र मन्त्रीका हातबाट कोटीहोमका बनेका संरचना उदघाटन हुन नदिने बरु धार्मिक नेताहरुकै हातबाट ती संरचनाको उदघाटन हुने समेत थापाले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै स्वतन्त्र प्यानलका निर्वाचन परिचालन समितिका संयोजक भीमप्रसाद अधिकारीले सबै उम्मेद्धारलाई निर्वाचित गर्न नसक्नुमा आफ्ना तिरका सबै पदमा उम्मेद्धारी दिन नसक्नु पनि प्रमुख कारण भएको बताउँनुभयो । अधिकारीले दलका दम्भलाई तोडन सकेकोमा भने खुसी व्यक्त गरेको भनाई थियो ।
कार्यक्रममा स्वतन्त्र प्यानलका महासचिव दिनानाथ खतिवडाले आफ्नो पुरानो ज्ञानसीपलाई कोटीहोमको विकासका लागि लगाउने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा नारायण ओली, चन्द्रमोहन उप्रेती, युवराज पौडेल, राजकुमार फुयाल, चेतराज भट्टराई, चन्द्र मैनाली भजित, नितिरमण गौतम लगायातले आआफ्नो धारणा राख्नुभएको थियो ।

सम्बन्धित खबर