Kanakai Online

अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु


शुक्रवार, असोज १९, २०८० |

कनकाई अनलाईन
झापामा अरिँगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । अरिंगालले टोकाइबाट घाइते बन्नुभएकी बाह्रदशी गाउँपालिका– ५ का ६० वर्षीया रामप्यारी भुर्तेलको उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार साँझ ५ बजे घरनजिकै घाँस काट्न जाँदा भुर्तेललाई अरिँगालको गोला खनिएको र टोकाइबाट घाइते बनेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल लगिएको वडा सदस्य जय तिम्सिनाले जानकारी दिनुभयो । उपचारको क्रममा राति ११ बजे भुर्तेलको मृत्यु भएको जनाइएको छ ।

अरिंगालले टोकाइबाट मृतककी छोरी लक्ष्मी र ७ वर्षीय नाति घाइते रहेको पनि तिम्सिनाले बताउनुभएको छ । उनिहरुको अवस्था सामान्य छ ।

सम्बन्धित खबर