कनकाई अनलाईन
फुटबलको उर्बर भुमि झापामा आगामी असोज २५ गतेदेखि कार्तिक ४ गतेसम्म झापा कनकाई नगरपालिका ५ तुलसीवारीमा प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ ।
बडादसैँको अवशर पारेर स्थानीय न्यु रेलिमाई युवा क्लवको आयोजनामा देवकोटा प्राविको खेल मैदानमा प्रथम प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको आज पत्रकार सम्मेलन गरि जानकारी गराईको हो ।
आज तुलसीवारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष मोतीखर ओझाले प्रतियोगिताले तुलसीवारीको पहिचानलाई विश्वभर फैलाउन मद्धत गर्ने बताउँनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष ओझाले आयोजक न्यु रेलिमाई युवा क्लव सहित प्रदेशभरका ८ टिमको सहभागिता रहने जसमा चन्द्रगढी, काँकडभिट्टा, बिर्तामोड, इलामको रेडहर्स स्पोटिङ्ग क्लव, बेलवारी फुटबल क्लव, सशस्त्र प्रहरीको पकली क्लव, नेपाल प्रहरीको कोशी प्रदेशको क्लव बिराटनगको सहभागिता रहने बताउँनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब ९ लाख रुपैँया खर्च लाग्ने र यसका लागि कनकाई नगरपालिका ५ नम्बर वार्ड कार्यालयले प्रथम पुरस्कार १ लाख १ हजार रुपैँया उपलब्ध गराउने र कनकाई नगरपालिका र कनकाईका अन्य वार्डहरु, यहाँका संघ संस्थाहरु उद्योगी व्यावसायी , यहाँका सामुदायिक वन लगायात, प्रदेश र यहाँका जनप्रतिनिधि लगायातको आर्थिक सहयोग रहने अध्यक्ष ओझाले बताउँनुभयो ।
यसैगरि न्यु रेलिमाई युवा क्लवका संस्थापक अध्यक्ष पुर्ण लिम्बुले प्रतियोगितामा प्रथम पुरस्कार १ लाख १ हजार र दोस्रो पुरस्कार ७५ हजार रुपैँया रहने तथा प्रतियोगिताले यस क्षेत्रका नागरिकलाई मनोरञ्जन मात्रै नभएर स्थानको परिचय विश्वमाझ फैलन मद्धत मिल्ने बताउँनुभयो । प्रतियोगितामा हरेक दिन म्यान अफ द म्याचको ब्यावस्था हुने र प्रतियोगितामा विधागत पुरस्कारको समेत व्यावस्था गरिने बताउँनुभयो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिका ५ का वडाध्यक्ष कृष्ण राईले कनकानई नगरपालिका क्षेत्रमा हाल ठुलो प्रतियोगिता नभईरहेको बेला यस प्रतियोगिताले यस क्षेत्रको चिनारीलाई विश्वसामु पुर्याउन र विश्वव्यापी लोकप्रिय खेल क्षेत्रको समेत विकासमा मद्धत मिल्ने बताउँनुभयो । कनकाई नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष राईले प्रतियोगिता सफल पार्नु हरेक नगरवाशीको कतव्य हुने भन्दै वार्ड र सिंगो नगर समिति समेत लागिपर्ने बताउँनुभयो । राईले प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति समेत गठन गरिएको बताउँदै ५ नम्बरवाशीका लागि यो प्रतियोगिता ठुलो चाडका रुपमा रहेको बताउँनुभयो । पत्रकार सम्मेलनमा समाजसेवी शेरबहादुर थापाले खेल प्रतियोगिता सफल पार्र्नु प्रत्येक नागरिकको कतव्य रहने भन्दै प्रतियोगिताले कनकाई नगरपालिका र तुलसीवारी क्षेत्रको गरिमालाई उच्च बनाउँने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा न्यु रेलिमाई क्लवका पुर्व अध्यक्षहरु रमेश दाहाल, रुद्र श्रेष्ठ, कनकाई नगरपालिका ५ का वडासदस्यहरु डिल्ली उप्रेती, गोविन्द कार्की लगायातको सहभागिता रहेको थियो ।