Kanakai Online

दलले आफुहरुलाई नगनेपछि जनतामा जानुपर्यो स्वतन्त्र प्यानल


बिहिवार, असोज ११, २०८० |

कनकाई अनलाईन
आगामी असोज १५ गते हुनगइरहेको कनकाई धाम धार्मिक बिकास सस्थाको निर्वाचनमा यहाँका ८ राजनैतिक दलले स्वतन्त्र नागरिक कार्य सम्पादन समुहको अस्तित्व अस्वीकार गरेपछि आफुहरु बाध्य भएर निर्वाचनमा होमिनुपरेको गुनासो स्वतन्त्र प्यानलका उम्मेद्धारहरुको रहेको छ ।


शेरबहादुर थापाको नेतृत्वमा प्यानलै खडा गरेको उक्त समुहले आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्वाचनको घोषणापत्र समेत सार्वजनिक गरेको छ । निर्वाचनका लागि प्रचार प्रसार समिति समेत गठन गरेको बताएको उक्त समुहका निर्वाचन समुहको प्रचार प्रसार समितिका संयोजक भीमप्रसाद अधिकारीले आफुहरुको समुह समेत कनकाईका हरेक गतिविधिहरुमा काम गर्दै आएकोमा यस क्षेत्रका दलहरुले आफ्नो स्वतन्त्र समुहलाई कुनै बास्ता नगरि पेलेर अगाडि जान खोजेपछि बाध्य भएर निर्वाचनमा प्यानल खडा गर्नुपरेको बताउँनुभयो ।

हामीले हतारमा प्यानल बनाउदा सबै पदहरुमा उम्मेद्धार समेत बनाउन सकेनौ जति सक्यौ प्यानल बनाएका छौ भीम अधिकारीले पत्रकार सम्मेलनमा भन्नुभयो । कनकाई अनलाईन सगको कुराकानीमा अधिकारीले आफुहरुले नेपाली कांग्रेस एमाले, माओवादी लगायातको टोलीसमक्ष एउटा मेजर पोस्ट र एउटा सदस्य पद मागेकोमा ती पदहरु दलले भागवण्डामा परिसकेकोमा कुनैपनि पद दिन नमिल्ने बताएपछि आफुहरुले बाध्य भएर प्यानल खडा गर्नुपरेको बताउँदै निर्वाचन जितेमा दलको भन्दा राम्रो काम गर्ने बताउँनुभयो । अधिकारीले यसअघि दलिय भागवण्डामा धार्मिक विकास संस्था जादा कोटीहोममा निर्माण सम्पन्न गरिसकेर पनि अतिथि को ल्याउने भन्ने विवादमा उदघाटन हुन नपाएको बताउँनुभयो ।

पार्टीका साथीहरुले कांग्रेसले आफ्ना नेता ल्याउने एमालेले पनि आफ्नै कुरा गर्ने माओवादीले हाम्रो सरकार छ मन्त्रीनै बोलाउ भन्ने अनि एकअर्काको हानथापले गर्दा विकास भएर पनि उदघाटन पनि हुन पाएन अव राजनैतिक गर्ने ब्याक्तिबाट कोटीहोमको हित हुदैन अधिकारीले भन्नुभयो । यता अध्यक्षका प्रत्यासी शेरबहादुर थापाले आफुहरुले निर्वाचन जितेमा हरेक बर्ष कोटीहोममा धार्मिक अनुष्ठान गर्ने, निर्वाचन जितेपछि हरे महिना दान पेटीका र सहयोग रकम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने, सरकार र दाताहरुसमक्ष सहयोग संकलन गरेर मेचीकाली भवन निर्माण सन्त भवन बनाउने, कोटीहोममा गौ पालन गर्ने लगायातका कामहरु गर्ने बताउँनुभयो । दलले आफुहरुलाई मिलेर जाउ भनेर नभनेकोले प्यानल खडा गर्नुपरेको थापाको भनाई थियो । धार्मिक संस्थामा राजनैतिककरण हुनु हुदैन भन्दै हामी निर्वाचनमा उठेका हौ थापाको भनाई थियो । पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्षका उम्मेद्धार डिल्ली बाह्रकोटी, निर्वाचन समितिका प्रचार प्रसार समितिका सहसंयोजक चन्द्र मैनाली भजित लगायातले आआफ्नो धारणा राख्नुभएको थियो ।

सम्बन्धित खबर