Kanakai Online

कनकाई बहुमुखी क्याम्पसको समितिद्धारा पदभार ग्रहण


बुधवार, असोज १०, २०८० |

कनकाई अनलाईन
कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाको पदबहाली तथा सपथ ग्रहण गरिएको छ ।


हालै निर्वाचित क्याम्पस संञ्चालक समिति र लेखा समितिका पदाधिकारीको पद बहाली तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । क्याम्पसका संस्थापक तथा यस क्षेत्रका अग्रज शिक्षासेवी चन्द्रप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा निर्वाचन समितिका संयोजक टिकाप्रसाद पोखरेलले संञ्चालक समितिका अध्यक्ष प्रेमप्रसाद चुडाल प्रकाश, उपाध्यक्ष खडग प्रसाई, कोषाध्यक्ष नारायणप्रसाद पोखरेल, सदस्यहरु सम्भुप्रसाद पोखरेल, खगेश्वर उप्रेती, विष्णुप्रसाद बिमली, अञ्जु थपलिया, इन्दिरा बिमली प्रसाई, चम्पा सुवेदी यसैगरि लेखा समिति संयोजक भवानीप्रसाद लुईटेल, सदस्यहरु हिरण्यकुमार राई र कृष्णप्रसाद घिमिरेलाई सपथ ग्रहण गराउँनुभएको थियो ।


कार्यक्रममा बोल्दै कनकाई बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष प्रेमप्रसाद चुडालले आफुले यसअगाडि भोगेका तिता मिठा अनुभव बताउँदै क्याम्पसले आफ्ना पालामा क्युए सटिफिकेट प्राप्त गर्न सफल बनेको अनुभव सुनाउँदै आगामी दिनहरुमा क्याम्पसलाई भौतिक र शैक्षिक क्षेत्रमा अगाडि लिएर जाने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा सामाजिक संघ संस्थाका तर्फबाट रोटरी क्लवका अध्यक्ष शिव कडेँल, पुर्व क्याम्पस प्रमुख त्रिलोचन मैनाली, राजनैतिक दलका तर्फबाट जसपा अध्यक्ष रत्नकुमार श्रेष्ठ, कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाई, ५ का वडाअध्यक्ष कृष्ण राई, विद्यार्थीका तर्फबाट स्ववियु सभापति चेतन आचार्य, प्राध्यापक इकाई समितिका सभापति तुलसी कार्की, कर्मचारीका तर्फबाट हरि ढकाल र क्याम्पस सञ्चालक समितिकी सदस्य समेत रहनुभएकी झापा गाउँपालिकाकी कार्यकारी अध्यक्ष समेत रहनुभएकी अन्जुदेवि थपलियाले कनकाई बहुमुखी क्याम्पसलाई देशकै अब्बल क्याम्पसको हैसियतमा पुर्याई छाड्ने प्रतिवद्धता जनाउँनुभएको थियो । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख विकास उप्रेतीले नयाँ क्याम्पस संञ्चालक समितिले क्याम्पसको भौतिक र शैक्षिक गतिविधिमा अब्बल बनाउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रम क्याम्पसका सहायक प्रमुख शेरबहादुर बानियाले सञ्चालन गनुभएको थियो ।

सम्बन्धित खबर