कनकाई अनलाईन
कनकाई नगरपालिकामै पहिलोपटक कनकाई नगरपालिका ६ का वडाध्यक्ष दिर्घबहादुर थापाले गत आर्थिक बर्षमा गरेको बजेट खर्च र आगामी आर्थिक बर्ष २०८०\८१ को बजेट सार्वजनिक गरेका छन ।
थापाले नगर उपप्रमुख आशाशर्मा शिवाकोटीको उपस्थितिमा वार्डका राजनैतिक दल, पत्रकार, टोल विकास समिति , शिक्षक लगायातको उपस्थितिमा बजेट सार्वजनिक गरेका हुन ।
थापाले अघिल्लो आर्थिक बर्षमा खर्च गरेको विवरण भौतिक विकास, सामाजिक विकास, संस्थागत विकास, कृषि विकास, शिक्षा, विपद व्यावस्थापन र अन्य गरि कुल ८३ लाख ८५ हजार रुपैँयाको विकास बजेट खर्च गरेको सार्वजनिक गर्नुभयो । जसमा शिक्षा तर्फ प्राविधिक शिक्षा तथा उच्च छात्रवृत्तिमा १ लाख, विपदमा भैपरि आउनेलाई १ लाख रुपैँया सहयोग, गायत्री मन्दिरलाई १ लाख, मन्सापुर टोल जनपथ सडक कालेपत्रे १२ लाख, मातृ बिमली टोल शान्ति मार्ग कालेपत्रे १२ लाख लगायातका काम सम्पन्न भएको सार्वजनिक गर्नुभयो ।
यसैगरि आर्थिक बर्ष २०८०÷८१ मा विनियोजित रकम ५७ लाख ५८ हजार बराबरको योजना समेत सार्वजनिक गरिएको छ । जसमा भौतिक विकासमा २५ लाख, सामाजिक विकासमा ४ लाख ७० हजार, संस्थागत विकासमा १० लाख ५० हजार, कृषिमा ३ लाख ४८ हजार, शिक्षामा ४ लाख ५५ हजार, स्वास्थ्यमा ४ लाख २५ हजार र विद्युत पोलमा ३ लाख रुपैँया रहेको छ ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष दिर्घबहादुर थापाले नगरपालिकाले ६ नम्बर वार्डलाई कम बजेट प्रदान गरेकोले कतिपय योजनाहरु प्रदेश नगर र संघिय सरकारसग माग गरेर पुरा गरिने बताउँनुभयो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले वडाले शिक्षा क्षेत्रलाई केन्द्रमा राखेर बजेट निर्माण गर्न सुझाव दिनुभयोे । कार्यक्रममा नगरमै पहिलोपटक अघिल्लो आर्थिक बर्ष समेतमा कार्य सम्पन्न गरेका योजना सार्वजनिक गरेर वार्डले राम्रो काम गरेको भन्दै सवैले वार्डकोको कार्यको खुलेर प्रसंसा गर्नुभएको थियो ।