Kanakai Online

कनकाईमा खेल क्षेत्रको विकासका लागि अन्र्तक्रिया


मङ्गलवार, असोज ९, २०८० |

कनकाई अनलाईन
यस आर्थिक बर्षमा कनकाई नगरपालिकामा विनियोजित बजेट र नगर क्षेत्रको खेलकुदका वारेमा अन्र्तक्रियाको आयोजना गरिएको छ ।


कनकाई नगर खेलकु्द विकास समितिको आयोजनामा गरिएको अन्र्तक्रिया कार्यक्रममा नगर खेलकुद समितिका संयोजक जविन तिम्सिनाले यस आर्थिक बर्ष २०८०÷८१ लागि बिनियोजित ३५ लाख बजेटबाट फुटबल तालिक सेन्टर संञ्चालनका लागि २ लाख, क्रिकेट तालिमका लागि २ लाख, महिला फुटबल तालिम संञ्चालनका लागि ३ लाख, ब्याजमिटनका लागि ५० हजार, भेट्रान फुटबलका लागि १ लाख, राष्ट्रपति रनिङ शिल्डका लागि २ लाख, कनकाई खेलकुद प्रतिष्ठानलाई ५ लाख, कराते प्रतियोगिताका लागि १ लाख ५० हजार, भलिबल प्रतियोगिताका लागि १ लाख ५० हजार, योग शिविर १ लाख ५० हजार, खेल सामाग्री खरिदका लागि ३ लाख ५० हजार लगायातको बजेट प्रस्तुत गर्नुभयो ।


बजेटमाथि विभिन्न दलका प्रतिनिधि खेल क्षेत्रका प्रतिनिधि ब्यासन, युवा तथा जनप्रतिनिधिले आआफ्नो धारणा राख्नुभएको थियो । सहभागिले खेल क्षेत्रलाई नगरले आवश्यक बजेट नछुट्टाएको भन्दै गुनासो समेत गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटीले खेल र शिक्षा क्षेत्रलाई एकसाथ अगाडि लिएर जानका लागि नगरपालिका सदैव लागि पर्ने प्रतिवद्धता जनाउँनुभएको थियो ।
कार्यक्रममा कनकाई नगर खेलकुद विकास समितिका संयोजक तथा सदस्यहरुले आआफ्नो धारणा राख्दै कनकाई नगरपालिकामा यसैबर्षबाट खेलका लागि आवश्यक कर्भड हलको निर्माण थालिने बताउँनुभएको थियो । कार्यक्रम कनकाई नगरपालिका हलमा आयोजना गरिएको थियो । सहभागिलाई स्वागत कनकाई नगर खेलकुद विकास समितिका सदस्य गोविन्द गोविन्द उप्रेतीले गर्नुभएको थियो ।