Kanakai Online

झापाले क्यानको चुनावमा भोट हाल्न नपाउने


शुक्रवार, असोज ५, २०८० |

कनकाई अनलाईन
काठमाडौं – प्रतिनिधि विवादसँगै झापा जिल्ला क्रिकेट संघले नेपाल क्रिकेट संघ ९क्यान० को केन्द्रिय चुनावमा भोट हाल्न नपाउने भएको छ । दुई प्रतिनिधि आएपछि मतअधिकार नै खारेज भएको क्यानका केन्द्रिय सदस्य छुम्बी लामाले जानकारी दिएका छन् । झापाबाट क्यानको साधरण सभा तथा अधिवेशनमा लाम्पा लामा र मनोज कटवाल प्रतिनिधिको रुपमा आएका थिए ।

कटवालले जिल्ला क्रिकेट बोर्डको निर्णय अनुसार आफू आएको जनाएका थिए । लाक्पा लामाले अको निर्णय गर्दै आफू मत हाल्न आएका थिए ।

तर दुई प्रतिनिधि आएपछि क्यानले झापाको मतअधिकार नै खोसेको छ । योसँगै क्यानको केन्द्रिय चुनावमा कुल मत ८५ हुनेछ । क्यानका जिल्ला मान्यता सदस्यता ४५ जिल्लाबाट एक एक प्रतिनिधिले मत हाल्न पाउनेछन् । जसमा झापाको अधिकार खोसिएको हो ।

क्यानको हाल बन्द शत्र सुरु भएको छ । क्यानको चुनाव भने शनिबार हुने पक्कापक्की छ । चतुरबहादुर चन्द पुन अध्यक्षम लड्ने जनाएका छन् । चन्दको प्यानलमा पारस खड्का सचिव, रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षको रुपमा लड्दैछन् । विपक्षीको रुपमा अध्यक्षमा विनयराज भण्डारी र सचिवमा प्रशान्त विक्रम मल्ल लड्ने चर्चा छ ।

क्यानको आर्थिक विवादको कारण बन्द सत्र ढिलो सुरु हुन पुगेको थियो । क्यानका कोषाध्यक्ष रोशनसिंहले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा करिव ९ करोड टुङगो लगाउन नसकेपछि बोर्ड बैठकले यसको छिनोफाने छानविन समितिले लगाउने निर्णग गरेको छ ।

सम्बन्धित खबर