Kanakai Online

कनकाईधाम धार्मिक विकास संस्थाको निर्वाचनमा शेरबहादुर र सर्वदलिय प्रतिस्पर्धा


शुक्रवार, असोज ५, २०८० |

कनकाई अनलाईन

झापाको कनकाई नगरपालिका वडा नम्बर ४ मा रहेको श्री कनकाईधाम धार्मिक विकास संस्थाको आगामी असोज १५ गते हुने निर्वाचनका लागि उम्मेद्वारले मनोनयन दर्ता भएको छ ।


नेकपा एमाले, कांग्रेस, माओवादी राप्रपा, नेकपा एस लगायातको पार्टीका तर्फबाट नरेन्द्रकुमार फुयाँलको नेतृत्वमा सयुक्त दलहरुले उम्मेद्धार तयारी गरेको छन भने यता स्वतन्त्र मात्रैले शेरबहादुर थापाको नेतृत्वमा अलग्गै प्यानल खडा गरिएको छ । यता रवि लामिछानेको स्वतन्त्र पार्टीले भने दुबै पक्षका उम्मेद्धारलाई सहयोग नर्गने र आफ्ना कार्यकर्ताहरुलाई सक्षम उम्मेद्धारलाई मतदान गर्न आव्हान गरेको पार्टीका नेता सम्भु सुस्केरा ढकालले बताउँनुभयो ।


दलका तर्फबाट अध्यक्षमा फुयाँल सहित बरिष्ठ उपाध्यक्षमा निर्मल खतिवडा, धार्मिक उपाध्यक्षमा प्रकाश थापा, पर्यटन उपाध्पक्षमा अम्बिका खरेल, महासचिवमा कृष्णप्रसाद घिमिरे, सचिवमा यामनाथ खतिवडा, कोषाध्यक्षमा मानबहादुर पौडेल र सदस्यहरुमा गणेशप्रसाद पोखरेल, गोपाल खरेल, डिल्ली पाठक, सोमनाथ खतिवडा, खगमाया चापापाई, टिकाराम निरौला, रत्न खडका, नरपति पाठक, गंगाराम नेपाल, मेघराज मगर, अम्बिका रिजाल, अर्जुनकुमार गिरी, भरत संग्रौला, गायत्रा बुडाथोकी, धनपति चापागाई र मनोज पोखरेल रहेका छन भने शेरबहादुर थापाको प्यानलबाट अध्यक्षमा थापा , बरिष्ठ उपाध्यक्षमा डिल्लीराम बाह्रकोटी, धार्मिक उपाध्यक्षमा चन्द्रप्रसाद भेटवाल, पर्यटन उपाध्यक्षमा रामप्रसाद अधिकारी, महासचिवमा दिनानाथ खतिवडा, सचिवमा युवराज पौडेल र कोषाध्यक्षमा अम्बिका चापागाईले उम्मेद्धारी दर्ता गराएका छन । यसैगरि थापा प्यानलबाट सदस्यहरुमा बासुदेव निरौला, भीष्मप्रसाद पौडेल, लीलाप्रसाद अधिकारी, माधव पोखरेल, बासुदेव रिजाल, दधिराम न्यौपाने, चेतप्रसाद भट्टराई, हरिप्रसाद तिम्सिना मेचीकाली, बिन्दुराज दाहाल, मोहन राजवंशी र लक्ष्मीप्रसाद निरौला, धनपति चापागाई, रहेका छन ।
थापाले धार्मिक संस्थामा राजनिति भएकोले आफुहरुले बाध्य भएर संस्थाको हितका लागि नागरिक स्तरबाटै समिति बनाएर निर्वाचनामा होमिएको बताउँनुभएको छ । निर्वाचनमा मनोनयन गर्नुपुर्व पत्रकार सम्मेलनको आयोजजना गर्दै थापाले राजनिति गर्ने थलोका रुपमा धार्मिक संस्थालाई बनाइनु नहुने बताउँनुभयो । स्वतन्त्र नागरिक कार्य सम्पादन समुहले पार्टीका साथीहरुसग राजनिति नगरौ भनेर स्वतन्त्र समुहको टिम तयार गरेको बताउँनुभएको छ । यता कनकाईका सबै दलहरुको तर्फबाट उम्मेद्धारी दिएको टिमको भने भनाई फरक रहेको छ । हामीले राजनिति गरेको भए त प्यानल बनाएर फरक फरक दलका उम्मेद्धार खडा गर्ने थियौ हामीले धार्मिक संस्थाको गरिमालाई बचाई राख्नका लागि सबै पक्षविच एकता कायम गरिएको दलकर्मीको भनाई छ ।

३२ जनाको कार्य समिति रहने संस्थामा २३ जना निर्वाचित हुने र ९ जना निर्वाचित समितिले मनोनित गर्ने छ । कोटीहोमको आगामी असोज १५ गते निर्वाचन हुदै छ ।

सम्बन्धित खबर